आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा थन्र्डसलाई फुटसलको उपाधी

पोखरा थन्र्डसलाई फुटसलको उपाधी


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८१, आइतबार

पोखरा/बैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीको आयोजनामा भएको फेलोसिप फुटसल प्रतियोगितामा पोखरा थन्र्डस प्रथम भएको छ । १० टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा पोखरा थन्डर्सले एसबि गाइजलाई १–० गोल अन्तरले पराजित गरि उपाधी जितेको हो ।
यसै गरि महिला फुटसलको उपाधी विनर गल्र्सले जितेको छ । उसले एन्ग्री बर्डस् लाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिताअन्र्तगत भेट्रान्स फुटसल अन्नपूर्ण भेट्रान्सले जितेको कार्यक्रम संयोजक प्रविण हमालले जानकारी दिए ।
खुल्ला पुरुष फुटसल तर्फको बिजेता पोखरा थन्र्डसले ट्रफी, मेडल, प्रमाणपत्र तथा खसी पुरस्कार पाएको छ । यस्तै उपविजेता एसबि गाइजले ट्रफी, मेडल, प्रमाणपत्र तथा बोका पुरस्कार पाएका छन् । महिला फुटसल तर्फका विजेता तथा उपविजेता टोलीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारप्राप्त गरेका छन् । प्रतियोगितामा विरेन्द्र रोकाहा उत्कृष्ट खेलाडी तथा किस्मत बानिया उत्कृष्ट गोलरक्षक घोषित भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->