बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८१, शनिबार

गोरखा / गोरखा-आँबुखैरेनी सडक अवरुद्ध बनेको छ । गोरखा नगरपालिका-१२ सातकिलोमा झरेको पहिरोले सडक अवरुद्ध बनेको हो । पहिरोले सडकको करिव ५० मिटर क्षेत्र ढाकेको गोरखा नगरपालिका-१३ अवुवाका सुजन गर्तौलाले जानकारी दिए । ‘एक घण्टा भयो, पहिरो खसेर सडक अवरुद्ध छ,’ उनले भने,‘पहिरो खस्न अझै रोकिएको पनि छैन ।’
पहिरो पन्छाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । ‘पहिरो पन्छाउन सुरु भइसकेको छ, अब करिव आधाघण्टामा सडक खुल्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->