नवलपुर / नवलपुरको मध्यविन्दु -२ कोल्हुवामा आजदेखि शुरु भएको उद्घाटन खेलमा देशभक्त विजयी भएको छ । टाईवेकरमा ५-४ गोल अन्तरले देशभक्त विजयी भएको हो ।
खेलको २० औं मिनेटमा देशभक्त क्लवको तर्फबाट पहिलो गोल विदेशी मुलका खेलाडी रिचार्टले गरेका थिए ।
पहिलो हाफको ईन्जुरि समयमा हनामि ब्ँऋ चितवनको तर्फबाट जर्सि नम्बर १२ का राज भुसालले गोल गर्दै पहिलोहाफ सम्म गोल बराबर बनाएका थिए । दोस्रो हापको ११ औं मिनेटमा देशभक्त क्लवको खेलाडी जर्सि नम्बर १९ का खेलाडी सुमित मल्लले रेड कार्ड पाएसगै देशभक्त क्लव सुनवल १० खेलाडीमा समेटिएको थियो ।
दोस्रो हापमा दुबै टिमबाट गोल हुन नसके पछि खेल टाईबेकरमा धकेलिएको थियो । टाईवेकरमा देशभक्तले हनामिलाई ५-४ गोल अन्तरले विजय प्राप्त गरेको हो ।
भोलिको खेल विरगन्ज युनाईटेड र कपिलवस्तु 11AFC बिच हुने भएको छ । सातौं अन्तर्राष्ट्रिय आमन्त्रित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद रु. ८ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद रु. ४ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन ।





