आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

म्याग्दीमा जेसिज कप फुटबल हुँदै

म्याग्दीमा जेसिज कप फुटबल हुँदै


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८१, आइतबार

म्याग्दी/जिल्लामा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मंसिर महिनामा हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा हुने प्रतियोगिताका बारेमा जानकारी दिन शनिबार जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मंसिर १७ गतेदेखि २२ गतेसम्म प्रतियोगिताको आयोजना गरिने भएको हो ।
पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका उपाध्यक्ष देबेन्द्र घिमिरेलाई मुल संयोजकत्वमा १९ विभिन्न उपसमितिसहित तयारीमा जुटेको शाखा अध्यक्ष दिनेश बानियाँले बताए । प्रतियोगिताको टाईटल प्रायोजकमा एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस रहेको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार २३२ पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीमा धमानसिंह अवार्ड, सर्वाधिक गालेकर्ता लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गोलरक्षक इन्द्र अवार्ड, उत्कृष्ट डिफेन्डर सरस्वती अवार्ड, उत्कृष्ट स्ट्राईकर रामजी अवार्ड, उत्कृष्ट मिडफिल्डर लालिगुराँस अवार्ड, राइजिङ प्लेयर धन अवार्ड, उत्कृष्ट कोच कृष्णप्रसाद एककुमारी अवार्ड,अनुशासित टिम झलक खगेश्वरी अवार्ड नगद २ हजार ५ सय र ट्रफिको व्यवस्था गरिएको मुल संयोजक घिमिरेले जानकारी दिए । प्रतियोगितामा सेमि फाईनलिष्ट दुई टिमलाई नगद ५/५ हजार र प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने छ ।
अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएकाले यसपटक पनि उत्साहजनक उपस्थिती हुने शाखा अध्यक्ष बानियाँको भनाइ छ । प्रतियोगितामा कुल आम्दानी ७ लाख ८० हजार र खर्च ७ लाख ५७ हजार २३१ हुने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रमुख सल्लाहकार एवम् पूर्व अध्यक्ष सन्दिप खत्री, पूर्व अध्यक्ष खम थापा, निर्वतमान अध्यक्ष सुमन बानियाँ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँ, एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेसका प्रतिनिधि अबिजित शाहीलगायतको उपस्थिती रहेको थियो । म्याग्दीमा फुटबल खेलाडीको उत्पादनका लागि म्याग्दी जेसीज कपलाई गेट किपरको रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->