आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राईनो संरक्षण गोल्डकप फुटबलमा कपिलवस्तु ११ विजयी

राईनो संरक्षण गोल्डकप फुटबलमा कपिलवस्तु ११ विजयी


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८१, आइतबार

नवलपुर / मध्यविन्दु -२ कोल्हुवामा कार्तिक ३ गते देखि शुरु भएको सातौं राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा आईतवार भएको खेलमा टाईवेकरमा ५-४ गोल अन्तरले कपिलवस्तु ११ विजयी भएको छ । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल टाईवेकरमा गएको थियो ।

टाईवेकरमा विरगन्ज युनाईटेड क्लवका जर्सि नं. २७ का खेलाडी विशाल गुरुङको प्लेन्टि सुट आउटलाई कपिलवस्तु ११ का गोल्डकिप्पर आशिस जिसिले रोकेसगै टाईवेकरमा कपिलवस्तु ११ बिजयी भएको हो ।

आजको खेलमा कपिलवस्तु ११ का जर्सि नम्बर १९ का सवि गुरुङ म्यान अफ द म्याच भएका छन । उनले नगद रु. ५ हजार प्राप्त गरेका छन् । भोलिको खेल फर्सिटिकट युथ क्लव र नमुना युथ क्लव कावासोतिबिच हुने आयोजकले जनाएको छ ।

सातौ अन्तर्राष्ट्रिय आमन्त्रित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताका विजेताले नगद रु. ८ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद रु. ४ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->