नवलपुर / नवलपुरको मध्यविन्दु-२ कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा टाईवेकरमा ५-३ गोल अन्तरले नमुना युवा क्लव कावासोती विजयी भएको छ ।
खेलको पहिलो हापमा दुबै टिमबाट गोल हुन सकेन । खेलको दोस्रो हापको १५ औं मिनेटमा फर्साटिकट रुपन्देहीको तर्फबाट जर्सि नं. १० का खेलाडी शिव सुवेदीले पहिलो गोल गरेका थिए ।
जवाफी गोल भने कालिका युवा क्लवको तर्फबाट दोस्रो हापको २५ मिनेटमा जर्सि नम्बर ११ का विदेसी मुलका खेलाडी रिचार्ड वल्सनले गरेका थिए । निर्धारित समयमा दुबै टिमबाट १-१ गोल भए सगै खेल टाईवेकरमा गएको थियो ।
टाईवेकरमा नमुना युवा क्लव कावासोति ५-३ गोल अन्तरले विजयी भयो । आजको खेलमा नमुना युवा क्लवका जर्सि नम्बर ४ का पदम भट्टराई म्यान अफ द म्याच घोषित भए । मेन अफ द म्याचले नगद रु. ५ हजार प्राप्त गरे । भोलिको खेल नमो बुद्ध युवा क्लव सप्तरी र चित्लाङ एफ.सि. काठमाडौ बिच हुनेछ ।





