आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

माल्दिभ्सको पोष्टमा गोल वर्षा: नेपाल ११-० गोलले विजयी

माल्दिभ्सको पोष्टमा गोल वर्षा: नेपाल ११-० गोलले विजयी


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०८१, सोमबार

काठमाडौं / साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले माल्दिभ्समािथ गोलको वर्षा गरेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११-० गोलले हरायो ।

नेपालको फराकिलो जीतमा रेखा पौडेल र प्रीति राईले ह्याट्रिक गरे । रेखाले ५ र प्रीतिले ३ गोल गरे । खेलमा पहिलो गोल नेपालले सातौं मिनेटमा गरेको थियो । प्रीतिले नेपाललाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा ४-० गोलले अगाडि रहेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । ७ र ६५औं मिनेटमा सुरुका दुई गोल गरेकी प्रीतिले ८८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।

नेपालका लागि रेखाले पनि ५ गोल गरेकी थिइन् । उनी ८३औं मिनेटमा सब्स्टिच्युट भएकी थिइन् । पहिलो हाफको ३२ र ४२औं मिनेटमा गोल गरेकी रेखाले ४८ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् । उनले ६३ र ७८औ‌ मिनेटमा २ गोल थपेकी थिइन् । रेखा प्रतियोगिताकी म्यान अफ दि म्याच घोषित भएर नगद २५ हजार हात पारिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->