आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

धावक अर्जुन गोदार काठमाण्डौंबाट मजिमटार ८६ किलोमिटर एकै दिनमा पार

धावक अर्जुन गोदार काठमाण्डौंबाट मजिमटार ८६ किलोमिटर एकै दिनमा पार


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०८१, मंगलबार

पोखरा/ नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार सोमबारदेखि काठमाण्डौंबाट पोखरा तर्फ दौडन सुरु गरेका छन ।

काठमाडौँको दशरथ रंगशालादेखि सुरु भएको उक्त दौड पहिलो दिनमा उनले मजिमटारसम्म करिब ८६ किलोमिटरको दुरी एकै दिनमा पार गरेका हुन । करिब २ सय किलोमिटरको दौड ३ दिनभित्र पूरा गर्ने लक्ष्यसहित उनले दौड सुरु गरेका हुन् । मंगलबार तनहुँको दमौली नजिक पुग्ने लक्ष्य रहेको गोदारका सहयोगी विकास खड्काले बताए ।

दैनिक ७० किलोमिटर दौड पूरा गर्ने उनको योजना हो । गोदारलाई मोटरसाइकल राइडर सहितको एक टोलीले आवश्यक मेडिकल सहितको सुविधा समेत उपलब्ध गराइएको छ । आफ्नो व्यक्तिगत खर्चमा उक्त दौड पूरा गर्ने उनको लक्ष्य रहेको छ ।

कास्की रूपा गाउँपालिका १ फल्याङकोट निवासी ४४ वर्षीय गोदार काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर जनधनको क्षेती भएकोले शान्तिको कामनासहित स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ उक्त दौड पूरा गर्ने अठोट गर्नु भएको बताउँछन । नेपाली सेनाको हवल्दार पदबाट निवृत्त गोदार विगत ११ वर्षदेखि युएईको सार्जा पोर्टमा काम गर्दै आएका छन् । केही दिनको बिदामा नेपाल आएको सन्र्दभमा उक्त दौडमा पुरा गर्ने अभियानमा जुटेका हुन् । उनले एकसातामा कम्तिमा १ सय ५० किलोमिटर दौडदै आएका छन । पोखरा म्याराथनमा सहभागी हुने लक्ष्य लिएका गोदारले केही समय अगाडि पोखरामा आयोजना भएको क्रस कन्ट्री पर्वतीय दौड प्रतियोगितामा समेत सहभागी भएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->