आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता : नेपाल एपिएफ क्लव सेमिफाईनल प्रवेश

राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता : नेपाल एपिएफ क्लव सेमिफाईनल प्रवेश


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०८१, शुक्रबार

कावासोति (नवलपुर)/ नवलपुरको मध्यविन्दु -२ कोल्हुवामा जारि राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामाको शुक्रबार भएको क्वाटर फाईनलमा नमुना युवा क्लवलाई ३-० ले हराउदै नेपाल ए पि एफ सेमिफाइनल प्रवेश गरेको छ ।

नेपाल ए पि एफ क्लवलाई विजयीका लागि खेलको पहिलो हापको २७औ मिनेटमा क्लवको तर्फबाट जर्सि न. १० का खेलाडी युवराज खड्काले पहिलो गोल गरेका थिए ।

त्यस्तै पहिला हापकै ३५ मिनेटमा नेपाल ए पि एफ क्लवकौ जर्सि नम्बर ७७ का खेलाडी प्रदिप लामाले गोल गर्दै नेपाल ए पि एफलाई २-० गोल अन्तरले अगि बढाएका थिए ।

खेलको दोस्रो हाफको ३१ मिनेटमा नमुना युवा क्लवका जर्सि नम्बर ५ का खेलाडी मोहित गुरुङले आत्मधाति गोल गरेका थिए ।


आजको खेलमा नेपाल ए पि एफ क्लवका जर्सि नम्बर ७७ का प्रदिप लामा म्यान अफ द म्याच धोषित भए । मेन अफ द म्याच लामाले नगद रु ५ हजार प्राप्त गरेका थिए ।
राईनो संरक्षण गोल्कप फुटबल प्रतियोगिता अन्तर्गत सनिवार अन्तिम क्वाटर फाईनल अन्तरगत नमोबुद्ध क्लव सप्तरी र एलेभेन स्टार ईण्डिया बिच हुने भएको छ ।


सातौ अन्तर्राष्ट्रिय आमन्त्रित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद रु ८ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन भने उप विजेताले नगद रु ४ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->