पोखरा/पोखरामा जारी क्लबस्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समुह चरणका खेल सकिएका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी कास्की जिल्ला स्तरीय अन्तर क्लब क्रिकेट च्याम्पियनसिपमा समूह ‘सी’ तर्फको खेल सकिएसँगै आजबाट सेमीफाइनलका खेल सुरु हुनेछन् । शुक्रबार अरण्यज्योति क्रिकेट क्लबले राइजिङ क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै सेमीफाइनल प्रवेश गर्न सफल भएको छ । एक सय ५७ रनको विजयी लक्ष्य पछ्याएको अरण्यज्योतिले ४४.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । अरण्यज्योतीको जितमा प्रदीप पौडेलले अर्धशतकीय पारी खेल्दै नटआउट रहे । उनले ९१ बलमा ५ चौका प्रहार गरे । यस्तै प्रविन पौडेलले ४२ रन जोड्दै आउट भए । उनले ७० बलमा ४ चौका र १ छक्का प्रहार गरे । ओपनर कल्याण कुमार शुन्यमै पेभिलियन फर्किए । सुलभ सुवेदी १५, अंकित गजुरेल ३, प्रिजन श्रेष्ठ २, आशिष पौडेल ४ रनमा आउट भए भने सन्देश न्युरे शून्यमै पेभिलियन फर्किए । प्रशान्त अधिकारी १ रनमा नटआउट रहे ।
राइजिङका लागि विमल विक्रम खत्रीले २ विकेट लिए । कृष्ण पौडेल, लोकेन्द्र गहतराज, अन्जन केसी र सविन खत्रीले समान १÷१ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको राइजिङ ३६.१ ओभरमा १ एक सय ५६ रनमा अलआउट हुन पुग्यो । राइजिङको सुरुवाती राम्रो भएपनि जित हासिल गर्न भने सकेन । ओपनर अनिल गुरुङले ४१ रन जोडे । उनले ४२ बलमा ५ चौका र २ छक्काको मद्धतमा ४१ रन बनाएका थिए । नविन पोखरेलले २८ रन जोडे । यस्तै आशिष पौडेल ९, विमल विक्रम खत्री १६, कृष्ण पौडेल २४, अन्जन केसी २, लोकेन्द्र गहतराज १३ रनमा आउट भए भने, अस्विन अधिकारी, विशाल रिमाल, समिर भुजेल शून्यमै पेभिलियन फर्किए । सविन खत्री शून्यमा नटआउट रहे । अरण्यज्योतिका लागि प्रदीप पौडेलले ९.१ ओभरमा ३ मेडनसहित २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । प्रविन पौडेलले २ तथा आकाश थापा, अब्दुल खालिक मिया र कल्याण कुमालले समान १÷१ विकेट लिए । अरण्याज्योतिको यो दोस्रो जितसँगै कुल ४ अंक रहेको छ । भने, राइजिङ दुइ खेलमा एक जीत र एक हारसहित २ अंकका साथ दोस्रो स्थानमा रह्यो । तर, राइजिङ समुह चरणमा दोस्रो हुने टिम मध्ये उत्कृष्ट हुँदै सेमीफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा कास्की क्रीकेट क्लब र पोखरा क्रिकेट क्लब आ–आफ्नो ग्रुपको विजेता बन्दै यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
यु१९ टोलीलाई बिदाइ
यस्तै बिराटनगरमा आयोजना हुने वाइ–वाइपुरुष यू–१९ टि–२० क्रिकेटमा सहभागी हुने गण्डकी प्रदेशको टिमलाई शुक्रबार बिदाइ गरिएको छ । पोखरा रंगशालामा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल, पोखरा एभेन्जर्सका प्रतिनिधि तथा क्रिकेटकर्मीको उपस्थितिमा एक कार्यक्रमको आयोजना गर्दै बिदाइ गरिएको हो ।
अर्जुन कु्मालको कप्तानीमा १४ सदस्यिय टोली विराटनगर प्रस्थान गरेका छन् । टोलीमा करन पगेनी, सोहेल कुंवर, बंश क्षेत्री, सुदिप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन् । त्यसै गरी बैकल्पिक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार रहेका छन् । गण्डकीले आफ्नो खेल कात्तिक ११ गते मधेश प्रदेशसँग खेल्ने छ ।





