बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

लाहुरे हुन नजाने ठिटोको कहानी 

लाहुरे हुन नजाने ठिटोको कहानी 


  • याम बहादुर थापा मगर
  • कार्तिक २१ २०८१, बुधबार
लाहुरे हुन इच्छा जागेन मलाई 
मगर समुदायमा लाहुरे हुने चलन बढी मात्रामा रहेको छ । मेरा कक्षाका साथीहरु आठ कक्षा पास पछि भारतीय सेनामा भर्ती हुन थालेका थिए । भारतीय सेनामा भर्ती हुन तनहुँ जिल्लाको तुरतुरे स्थान, पोखराको भारतीय पेन्सन क्याम्प, रुपन्देही जिल्लाको बुटवल, सुनौलीमा, बागलुङ बजारमा जान्थे । कुनै कुनै साथीहरु भारतको नयाँ दिल्ली,  बनारसबाट समेत भर्ती हुन जान्थे । भकुण्डे गाऊँमा नै तिन चार पटक ब्रिटिश सेनामा भर्ती गर्नका लागि समेत गल्ला र एयरो आएका थिए । थुप्रै गाउँका युवाहरु भर्तीका लागि प्रयास गरेको प्रत्यक्ष देखे तर मलाई भर्तीका लागि नाम लेखाउन र छाती नाप्न इच्छा लागेन । सहकर्मी साथीहरु गल्कोटको  बास्खोलामा समेत पैदल हिडेर ब्रिटिस लाहुरे हुन जान्थे । भकुण्डे गाऊँका दुई जना साथीहरु व्रिटिसमा भर्ना समेत भए । थुप्रै साथीहरु असफल भए । गाऊँमा लाहुरे हुने छोरा भएको घरको आडमा दुई वटा बाँस गाडेर भिम अभ्यास गर्नको लागि अभ्यास स्थल प्राय सबैको घरमा बनाएका हुन्थे । मेरो घरमा पनि माइला भाइ मिन बहादुर थापा भर्ती अभ्यास गर्नको लागि घरको आडमा बाँस गाडेर अभ्यास गर्दथे । आमा बाबाले मलाई पनि कहिले काही झुन्डीएर अभ्यास गर्न अनुरोध गर्नु हुन्थ्यो । मैले सामान्य प्रयास गर्दथे  तर भाइ मिन बहादुर थापाले जस्तो धेरै पटक हात झुन्डाएर तल माथि गर्न सक्दैनथे । माइला भाइ भारतीय सेनामा भर्ती भई हालको समयमा पेन्सन समेत निस्केको अवस्था छ । डोठे ताल (हाल हिराताल), ठुलाताल चौरमा दौडको अभ्यास गर्न थुप्रै राक्से,पात्ले, तल्लाथर, पुर्णपानी, माझघर, अर्वाउदी, चउर, देउराली, पुछार गाऊँ भरीका युवाहरु जम्मा हुन्थे । म पनि सहभागी हुन्थे तर खेल मैदानको एक, दुई राउन्ड लगाएर विचमै छोडथे । अन्य साथीहरु लामो समय सम्म दौडको अभ्यास गर्दथे । घरमा पनि माइला भाइ बिहान सबेरै उठेर ठुलाताल खेल मैदान पुगेर दौडेर घरमा आइपुग्दा म सुतेकै अवस्था हुन्थे । बाबा आमाले भाइ कहाँ कहाँ पुगरे आइसक्यो । यो अहिलेसम्म सुतेकै छ अझै । उठ भनेर उठाउनुहुन्थ्यो । बिहान अबेरसम्म सुतेर घाम लागेपछि बल्ल घाँस काटन जान्थे ।
म क्याम्पस पढनको लागि बागलुङ बजार स्नातक तहमा पढनको लागि बागलुङ बजारमा बस्न थाले पछि विहानको समयमा पढाइ हुने दिउँसो पढाइ नहुने समय थियो । गुठी ठुली आमा र बाबाको घरमा बस्दा आडमा पेन्सन क्याम्पमा भारतीय सेनामा भर्ती हुनका लागि थुप्रै युवाहरु जम्मा भएको हुन्थे । मलाई पनि ठुली आमाले भारतीय सेनामा भर्ती हुन लागि पटक पटक अनुरोध गर्नुहुन्थ्यो । लाहुरे हुन के के शिप सिक्नुपर्ने हो ? साथीहरुबाट सिकेर भर्ती हुन गरेको सकारात्मक अनुरोध र प्रयासलाई मैले नबोलीकन मौन बसेर तारीदिन्थे । तर आकलझुक्कल छड्के परेर भर्ती हुनका लागि गरेको परिक्षणमुलक प्रयासलाई नजर अन्दाज गर्थे । तर ममा लाहुरे हुने इच्छा र रुचि आत्मबाटै जागेन । अहिले त अग्नी पथ सम्झौता नेपाल सरकारले हस्ताक्षर नगरेका कारण भारतीय सेनामा भर्ती हुन बन्द भएको छ । अहिले दक्षिण कोरिया, मलेशिया, कतार, अरब, जापान, अष्ट्रेलियामा जाने युवाहरुलाई लाहुरे भन्ने  प्रचलनको विकास र सोचमा परिवर्तन हुदै गएको छ । भारतीय सेनामा भर्ती हुन बन्द भएपनि भकुण्डे गाऊँबाट छिटफुट रुपमा बर्षैपिच्छे एक दुई जना ब्रिटिश सेनामा भर्ती अहिले पनि भई राखेको अवस्था छ । लाहुरे भएका साथीहरु अवकाश भई आएर पनि फेरी दोहोरो पेन्सन हुने गरी भारतीय भुमिमा नै कामकाज गर्न गएको देखिन्छ । युवा उमेर देखि लगभग पचास वर्ष भन्दा बढी उमेरसम्म उर्जावान समय परदेशमा नै बिताएका मानिसहरु गाउँघरमा प्रशस्त मात्रामा भेटिन्छ । उनीहरुको आर्थिक उन्नती भएकाले बागलुङ बजार, पोखरा, काठमाडौ,बुटवल, भैरहवा, नारायणगढ, नवलपरासी तिर बसाइ बसाई सरेर गएका छन् । गाऊँघर तिर निमुखा, आर्थिक स्तर कमजोर भएका मानिसहरु मात्र बसोवास गरेको पाउन सकिन्छ ।  मगर, गुरुङ समुदायमा भारतीय लाहुरेलाई विवाह गर्न सजिलो हुने, केटी दिनका लागि पहिलो प्राथमिकतामा भारतीय सेनालाई राख्ने चलन रहेको छ । लाहुरेको कोशेली रम पिउने प्रचलन, लाहुरेको जडौरी ज्याकेट  जाडोमा लगाउनका लागि बहुत सोख राख्ने गाउँका मानिसहरु हुन्थे । लाहुरे छुट्टीमा आएको घरमा ऋण सापटी रकम माग्नेहरुको समेत घरमा बाक्लो मानिसहरुको आउजाउ हुने गर्दथ्यो । लाहुरे भएको मेरा दमाली साथीहरु लगभग सबै पेन्सन आइसक्नु भएको छ । उनीहरुको आर्थिक प्रगती लगायत समसामयिक हालखबर बुझदा धेरै बितिसकेको आभास हुन्छ ।
क्याम्पसमा  जिन्सी दाखिला नभएको टिसर्ट
यो ऐहिासिक सन्दर्भ लेखु कि नलेखु भनेर बहुत दोधारमा परे । कतै नकारात्मक असर त पर्ने होइन भन्ने लाग्यो । नलेख्ने हो भने मेरा जिवनका परिघटनाहरुमा अवस्मरीयण क्षणहरु मध्ये एक टिसर्टमा दाखिला नगर्दा धेरै घटनाहरु मध्ये अनुभव अरुका लागि सिको गर्न लायक होला भनेर जर्बरस्त यर्थाथ र बास्तविक घटना लेख्ने प्रयास गरे । मलाई कहिलेकाँही यादगर हुने नराम्रा, राम्रा सबै घटनालाई लेख्ने प्रयास गर्ने योजना बनेको छ । निजामती सेवामा कार्यरत रहदाँका तितामिठा सन्दर्भहरु लेख्ने सोचमा नै छु । चार जना जति पुर्व उच्च प्रशासकहरुको आत्मकथा अध्ययन गरिसकेको छु । सन्दर्भ धवलागिरी बहुमुखी क्याम्पस, बागलुङ (पहिला महेन्द्र बहुमुखी क्याम्पस बागलुङ) को वि.स. २०५७ सालमा म स्वतन्त्र विद्यार्थी युनियनको सचिव पदमा सर्वोकृष्ट मतका साथ निर्वाचित भएपछि क्याम्पसमा हुने अत्तिरिक्त क्रियाकलापहरु व्यवस्थापन गर्नुपर्ने र आयोजक हुने गर्दथे । साहित्यीक कार्यक्रम, शैक्षिक भ्रमण कार्यक्रम, बनभोज कार्यक्रम, भलिबल प्रतियोगिता, बास्केट बल प्रतियोगिता, कब्डडी प्रतियोगिताहरु हुन्थे । क्याम्पसको जन्म जयन्तीको सन्दर्भमा आयोजना भएको भलिबल प्रतियोगितामा खेलाडीहरुको लागि पोशाक स्वरुप टिर्सटको व्यवस्थापन गर्नुपर्ने थियो । स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी साथीहरुसँग सल्लाह गरेर कहाँबाट र कसबाट उधारो ल्याउने भन्नेमा कोही कसैले पनि निर्णय दिन सकेनन् । तर खेलाडी साथीहरुले पटक पटक छिटो भलिबल खेल्ने समयमा लगाउने टिसर्ट व्यवस्था गर्न जोडदार तरिकाले माग गर्दथे । मैले बजारका खासै फेन्सी पसलका साहुजीहरुलाई चिनेको पनि थिएन । एक जना स्ववियु सदस्य साथी हिरा बहादर भण्डारी र म बजारको चलेको फेन्सी पसलमा गएर उधारोमा मेरो नाम, हिरा बहादुर भण्डारीको नाम लेखेर क्याम्पस प्रशासन तथा आर्थिक शाखाले तिर्ने हो भन्दै उधारोमा भलिबल टिमको लागि खेलाडीको छनौटमा रंगिलो सात थान टिर्सट लिएर आएपछि खेलाडी प्रतियोगितामा सहभागी भए । खेलमा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गरेनन । हामीले टिसर्ट वितरणको समयमा खेल खेली सकेपछि टिसर्ट फिर्ता गर्नुपर्छ भनेका थियौ । तर खेलाडीहरु चारैतिरका गाउँका थिए । कोही कुनै गाउँको ? कुनै कुन गाउँका खेलाडी थिए । खेल सम्पन्न भएपछि टिसर्ट फिर्ता नगरी स्वंय खेलाडीहरु लगेर गए । विगतमा पनि भलिबल खेल्ने साथीहरु नै पोशाक लैजाने चलन छ भन्थे है साथीहरुले । सबै साथीहरुको घर ठेगाना र नाम समेत थाहा थिएन । मलाई एक जना खेलाडीको नाम याद र नजिकबाट परिचित थिए । ति परिचित भाईले एक दुई पटक अनुरोध गर्दा टिसर्ट जम्मा गर्न कुनै पनि हालतमा जति प्रयास गरे पनि नसकेको जानकारी दिन्थे ।
यता भलिबल खेलप्रतियोगिता सम्पन्न भएको दुई महिना पछि उधारो सामान लगेको फेन्सीको साहुले ताकेता गर्न थाल्यो । दुई तिन पटक टिसर्ट उधारो लिएको साहुले नराम्रोसँग झपारेर स्ववियु सचिव भएर यति सानो रकम नतिर्ने भनेर भन्यो । म बजारमा सो फेन्सी नभएको बाटो हिडन समेत छोडे । मैले पटक पटक क्याम्पस प्रमुख र जिन्सी शाखा प्रमुखलाई उधारो टिसर्टको रकम भुक्तानीको लागि अनुरोध गर्दा टिसर्ट जिन्सी दाखिलाको लागि जम्मा गरेर ल्याउनु पर्ने भनाइ बारम्बार उही कुरा बताउनुभयो । मलाई सो समयमा जिन्सी शाखा, लेखा शाखा, परिक्षा शाखा, प्रशासन शाखा, प्रशासन शाखा, पुस्तकालय शाखा, खेलकुद शाखा लगायत प्राध्यापकहरुको विषयगत विभागहरुको बारेमा विस्तृत रुपमा थाहा थिएन । एक पटक म जिन्सी शाखाका प्रमुख केशव नामका पुर्व नेपालका कर्मचारीसँग कार्यकक्षमा पुगेर सविस्तार जिन्सी दाखिला गरी भुक्तानी दिन अनुरोध गरे । केशव नामका ति कर्मचारीले कसरी दाखिला गर्ने मैले टिसर्ट नै नभएको अवस्थामा भन्दै मलाई पन्छाउने काम गरे । म पुनः क्याम्पस प्रमुख तत्कालीन गोविन्द प्रसाद कंडेलको कार्यकक्षमा गएर पुनः भुक्तानीको लागि अनुरोध गरे । पुर्व क्याम्पस प्रमुख कंडेलले याम जी तपाई जिम्मेवार पदाधिकारी हुनुहुन्छ । कसरी जिन्सी दाखिला नगरी टिसर्टको पैसा भुक्तानी गर्न सकिन्छ र भन्दै भुक्तानी असम्भव झै हुने गरी असर्मथता जनाउनुभयो । म अक्क न बक्क भए । नाजवाफ भएर क्याम्पस प्रमुखको कार्यकक्षबाट लुरुलुरु फिर्ता आए । नियमित क्याम्पसमा पढाइ,साथीहरुसँग भेटघाट र कार्यक्रमहरुमा सहभागी हुने काममा निरन्तरता भै रहेको थियो । मैले असफल प्रयास जारी राख्न उचित ठानिन । मैले प्रतिनिधित्व गर्ने विद्यार्थी संगठनको राजनैतिक पार्टी र क्याम्पस प्रमुखको आस्थाको प्राध्यापक संघ सगठन फरक राजनैतिक पार्टीको थियो । झन्डै सो वार्ता भएको एक महिना पछि जस्तो अनुमानित समयमा हुनुपर्छ । भलिवलको टिसर्ट उधारो दिने नेवार साहुजी क्याम्पसमा आउनु भयो । क्याम्पस परिसरमा के हो सचिव ज्यु ? भन्दै साक्षात्कार हुँदै गर्दा लौ क्याम्पस प्रमुखको कार्य कक्षमा जाऊँ भन्दै सरासर भरयाङ उलकिनु भयो । म पछि पछि जाने सोच बनेन । म पछि पछि नेवार साहुजीको लागिन । तल सरस्वती मन्दिर परिसरमा बसी रहे । झन्डै क्याम्पस प्रमुख, जिन्सी शाखा र नेवार व्यापारी विच झन्डै आधा घन्टा जस्तो छलफल भएर साहुजी तल झरे । नेवार व्यापारीले ल सचिव ज्यु कुराकानी मिलेको छ । भुक्तानी हुन्छ भन्दै घर तिर लागे । मलाई जिन्सी शाखा प्रमुख केशव भन्ने सरले उहँको कार्यकक्षमा बोलाएर ल याम जी एउटा टिसर्ट भएपनि ल्याउनु पर्यो । जिन्सी दाखिला गर्न पर्यो  भन्नुपर्यो । मैले एक जना नजिकको साथीलाई बोलाएर एक थान मात्र रातो टिसर्ट लिएर जिन्सी शाखाका केशव सरको कार्यकक्षमा गए । जिन्सी शाखा प्रमुखले माग फाराम, खरिद आदेश, दाखिला प्रतिवेदन फाराम भर्नु भयो । तर मलाई सो समय ति सबै फारामहरुको नाम थाहा थिएन । अहिलेमार्फत महालेखा परिक्षकको कार्यालयको फारामहरु सरसर्ती रुपमा याद हुन्छ । एकछिनमा टिसर्टको दाखिला जिन्सी भएपछि पुनः ति विद्यार्थी साथीले आफैसँग टिसर्ट फिर्ता लगेर गए । त्यसको दुई तिनमा नेवार फेन्सी व्यापारीले सायद उधारो लिएको भुक्तानी रकम पाउनु भयो होला र मसँग पुनः वार्ता गर्न आउनु भएन । उधारो टिसर्टको कारोवारको तनावको घटनाले अहिले पनि बारम्बार याद आउने टिपन टापनका घटनाहरुमा आउँछ ।
टिपन टापनका अविस्मरीयण घटनालाई लिपिबद्ध गर्ने सोचको विकास भएको छ । संस्थागत गर्ने र किताबको रुपमा प्रकाशन गर्ने सोच छ । हेरौं आगामी दिनहरु समयले साथ दिएमा पक्कै पनि सार्थक रुपमा पाउने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->