शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विश्वकप खेल्ने स्याङ्जाका महिला क्रिकेट खेलाडीलाई सम्मान गरिने  

विश्वकप खेल्ने स्याङ्जाका महिला क्रिकेट खेलाडीलाई सम्मान गरिने  


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८१, आइतबार
स्याङ्जा/ सन् २०२५ जनवरी १८ देखि २ फेबु्रअरीसम्म मलेसियामा हुने विश्वकप खेल्ने इतिहास बनाएका स्याङ्जाका ३ महिला क्रिकेट खेलाडीलाई अर्जुनचौपारी गाउँपालिकाले सम्मान गर्ने भएको छ ।
कात्तिक १९ गतेबाट २९ सम्म युएईमा सञ्चालित यू–१९ विश्वकपका छनोटमा उपाधि जितेका पुतलीबजार नगरपालिका–१ का ज्योत्सिना मरासिनी, वडा १३ का सीमाना केसी र कुसुम गोदारलाई दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवको अवसरमा पालिकाले १५÷१५ हजार रुपियाँ सहित नगदले सम्मान गर्ने भएको हो । खेलाडिहरुको प्रोत्साहन गर्नका लागी पालिकाले यो निर्णय गरेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । यहि मङसिर ६, ७ र ८ गते आयोजना गरिएको राष्ट्रपति कप तथा शैक्षिक महोत्सवमा उक्त नगद पुरस्कार प्रदान गरिनेछ ।
स्याङ्जाका खेलाडिहरुले इतिहास रचेको भन्दै जिल्लाको पहिचानका लागी खेलाडिहरुको योगदान महत्वपुर्ण रहेकाले खेल र खेलाडिको विकासको पक्षमा आफुहरु रहेको अध्यक्ष तिवारीले बताए । आइसीसी महिला यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली यू–१९ टोली बिहिवार साँझ मात्र स्वदेश फर्किएका थिए । उपाधि जितेका महिला क्रिकेटरलाई स्याङ्जा जिल्ला क्रिकेट संघसहित यहाँका खेलप्रेमी युवाहरूले मोटरसाइकल ¥याली सहित स्याङ्जा ल्याएका थिए ।
सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यू–१९ टोलीले जनवरी आगामी जनवरी१८ देखि २ फेबु्रअरिसम्म मलेसियामा हुने विश्वकपमा स्थान पक्का गरेको र महिला क्रिकेटका लागि स्याङ्जाले इतिहास रचेको जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->