पोखरा / आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । गण्डकी प्रदेशको एउटा मात्रै उपनिर्वाचन भएको गोरखा नगरपालिका ५ को वडा अध्यक्ष पदमा माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर मगर ४८६ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् ।
निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आले मगरले ४०२ मत पाए । नेकपा एमालेकी दूर्गा कुमारी रानाले ३४५ मत पाइन् भने रास्वपाका मंगलबहादुर थापाले ८२ मत पाएकी छिन् ।
सोमबार बिहानको अध्यावधिक विवरणअनुसार नेपाली कांग्रेसले १३ वटा वडामा विजय हासिल गरेको छ भने एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।





