आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मोदी गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड नवजागृतलाई

मोदी गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड नवजागृतलाई


  • संजय रेग्मी
  • मंसिर ३० २०८१, आइतबार

पर्वत/जिल्लाको मोदी गाउँपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड नवजागृत माध्यमिक विद्यालयले जितेको छ । गाउँपालिकाका १५ विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा नवजागृतले लगातार तेस्रो वर्ष शिल्ड आफ्नो पोल्टामा पारेको हो ।
नवजागृतले १२ स्वर्ण, सात रजत र चार कांस्य गरी १३ वटा पदक जितेको छ । यससँगै यो विद्यालयले पुरस्कार स्वरूप नगद एक लाख रुपैयाँसहित र शिल्ड पनि आफ्नो बनाएको छ ।
दोस्रो स्थान प्राप्त गरेको नवज्योति थम माध्यमिक विद्यालयले आठ स्वर्ण, तीन रजत र चार कास्य गरी १५ पदक जितेको छ भने तेस्रो स्थान प्राप्त गरेको सरस्वती माध्यमिक विद्यालयले तीन स्वर्ण, नौ रजत र तीन कास्य गरी १५ वटा पदक जितेको छ ।
प्रतिस्पर्धामा भुक देउराली माविले तीन स्वर्ण, तीन रजत र दुई कास्य, हिमालय माविले तीन कास्य, शालिजा माविले एक रजत र एक कास्य, महेन्द्र शिखरी माविले एक कांस्य, पशुपति माविले तीन स्वर्ण, छ रजत र आठ कास्य, जनशिद्ध माविले एक स्वर्ण र दुई कास्य, देउपुर नमुना माविले एक कास्य तथा बाजुङ आधारभूत विद्यालयले एक रजत र एक कास्य पदक जितेका छन् ।
प्रतियोगितामा मार्सल आर्टतर्फ तेक्वान्दो र कराँतेका खेलहरू खेलाइए पनि चारभन्दा कम विद्यालय सहभागी भएकाले पदकमा भने समावेश गरिएको थिएन । राष्ट्रपति रनिङ शिल्डका लागि भनेर गाउँपालिकाले सम्पूर्ण विद्यालयहरूमा चार दिन सट्टा बिदाको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->