आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

त्रिभुवन माविले जित्यो लगातार छैठौं पटक बडिगाड गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड

त्रिभुवन माविले जित्यो लगातार छैठौं पटक बडिगाड गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड


  • कमल पौडेल
  • मंसिर ३० २०८१, आइतबार

खरबाङ (बागलुङ)/जिल्लाको बडिगाड गाउँपालिकामा सञ्चालित छैठौं पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिभुवन मावि खर्वाङले जितेको छ । त्रिभुवनले १७ स्वर्ण ७ रजत र ६ काश्यसहित ३० पदक हात पार्दै प्रथम भएको हो । लगातार छैठौं पटक विजेता बनेपछि त्रिभुवनले दोस्रो शिल्ड पनि आफ्नो हात पारेको हो ।
त्यस्तै ९ स्वर्ण, ८ रजत र ३ कास्यसहित २० पदकसहित भानु माध्यमिक विद्यालय ग्वालीचौर द्धितिय भएको छ । ५ स्वर्ण, ५ रजत र ३ कास्यसहित १३ पदक प्राप्त गर्दै खड्क देवि मावि तुन्डाँडा तृतिय भएको बडिगाड गाउँपालिकाका प्राविधिक सहायक कुलराज घिमिरेले जानकारी दिए ।
गाउँपालिकाका १५ विद्यालयको सहभागितामा ३८ स्वर्णसहित कुल १ सय १४ पदकमा खेल भएको थियो । प्रतियोगिता गाउँपालिकाको भिमगिठे, बुद्ध, भानु र त्रिभुवन माविमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->