आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सुदूरपश्चिम रोयल्स एनपीएलको प्ले अफमा

सुदूरपश्चिम रोयल्स एनपीएलको प्ले अफमा


  • ढोरपाटन संवाददाता
  • मंसिर ३० २०८१, आइतबार

काठमाडौं/सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा रहँदै एक खेल अगाडि नै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले यसअघिनै प्लेअफ होडबाट बाहिरिएको पोखरा एभेन्जर्सलाई पाँच रनले हरायो ।
जितसँगै सुदूरपश्चिमले ६ खेलबाट १० अंक बनाएको बनाएको छ । सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनाएको छ । समान १० अंकसहित दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स यसअघि नै प्लेअफमा पुगेको छ ।
यस्तै सात खेलबाट आठ अंक बनाएको चितवन टाइगर नेट रनरेटका आधारमा प्लेअफमा पुगेको छ । सुदूरपश्चिमले लिगको अन्तिम खेल सोमबार कर्णाली याक्ससँग खेल्नेछ । यस खेलपछि प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ ।
जितका लागि एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४८ रनमा समेटियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->