आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सुदूरपश्चिम रोयल्स एनपिएलको क्वालिफायरमा

सुदूरपश्चिम रोयल्स एनपिएलको क्वालिफायरमा


  • ढोरपाटन संवाददाता
  • पुष १ २०८१, सोमबार

काठमाडौं/सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराएसंगै ७ खेलबाट १२ अंक बनाएको सुदूरपश्चिमले शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको हो ।
१० अंक जोड्दै दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले पनि क्वालिफायरमा स्थान बनाएको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन् । क्वालिफायर जित्ने टोली सोझै फाइनलमा पुग्नेछ ।
सुदूरपश्चिमसँग हारेपनि ८ अंक बनाएको कर्णाली नेट रन रेटका आधारका काठमाडौँलाई पछि पार्दै प्लेअफमा पुगेको छ । समान ८ अंक बनाएको चितवन राइनोजले यसअघिनै प्लेअफमा स्थान बनाएको थियो । अब कर्णाली र चितवनले एलिमिनेटर खेल्नेछन् ।
लिगको अन्तिम खेलको नतिजासँगै काठमाडौँ कर्णालीसँग नेट रन रेटमा पछि पर्दै बाहिरिएको छ । एनपिएलमा सहभागि आठ टोलीमध्ये विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स यसअघिनै बाहिरिएका थिए ।
जितका लागि १ सय दुई रनको सामान्य लक्ष्य पछयाएको सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेटको क्षतिमा १ सय पाँच रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->