काठमाडौं/मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको नेपालले भारतसँग अङ्क बाँडेको छ । भारतसँग अंक बाँडेसँगै नेपाल समूह ‘बी’को शीर्षस्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो ।
भारत र नेपालको समान तीन तीन अंक भए पनि नेपाल तालिकाको शीर्षस्थानमा छ । समूह चरणको दोस्रो खेलमा मंगलबार नेपालले भारतसँग अंक बाँडेको हो । खराब मौसममा कारण खेल प्रभावित भएपछि नेपाल र भारतले अंक बाँडेका हुन् ।
टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले भारतलाई ९५ रनको चुनौती दिएको थियो । ९५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा रहेको भारतले ३.१ ओभरमा बिना विकेट २८ रन बनाएको थियो । त्यही समयमा हावाहुलीले खेल सञ्चालन हुन नसकेपछि दुई देशले अंक बाँडेका हुन् ।





