काठमाडौं/नेपाली यु–१९ टोलीले एक खेलअगाबै हङकङसँगको शृंखला जितेको छ । बुधबार भएको खेलमा हङकङमाथि २ सय २६ रनको फराकिलो जित निकाल्दै नेपालले शृंखला जितेको हो । नेपालले यसअघि तीन विकेटको जित निकालेको थियो । अब नेपालले अन्तिम खेल शुक्रबार खेल्नेछ ।
नेपालले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको हङकङले २९.४ ओभरमा सबै विकेट गुमाउँदै ७१ रनमा सिमित रह्यो । त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सोहिल कुँवर र सन्तोष यादवको अर्धशतकसँगै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो ।





