आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रदीप मेमोरियल बास्केटबल : पुरुषतर्फ क्वाटरफाइनल र महिलातर्फ सेमिफाइनल समिकरण पुरा

प्रदीप मेमोरियल बास्केटबल : पुरुषतर्फ क्वाटरफाइनल र महिलातर्फ सेमिफाइनल समिकरण पुरा


  • ढोरपाटन संवाददाता
  • पुष ४ २०८१, बिहिबार

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ क्वाटरफाइनलको समिकरण पूरा भएको छ ।
पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको पहिलो खेलमा रामघाट टिम ए’ले लामाचौर स्पोर्टसलाई ५५–२६ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।
यस्तै दोस्रो खेलमा ताङतिङले गलेश्वरलाई ४३–२८ ले पराजित ग¥यो । तेस्रो खेलमा अन्नपूर्ण म्याग्दीले टिम एएमआइसिआईलाई ३८–३२ ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए ।
यस्तै महिलातर्फको पहिलो खेलमा अन्नपूर्ण कास्कीले मर्दीखोलालाई ३५–१२ ले पराजित ग¥यो । दोस्रो खेलमा ताङतिङले टिम पिएनसीलाई ६३–१७ ले पराजित ग¥यो । पुरुषतर्फको क्वाटरफाइनल खेल र महिलातर्फको सेमिफाइनल खेल शुक्रबार सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->