काठमाडौं/नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्टसले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम बोल्ट्सलाई पाँच विकेटले हरायो ।
जितसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ सुनिश्चित गरेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
जितका लागि १ सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।





