आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संकाय स्तरीय क्रिकेटको उपाधि बिविएले जित्यो

संकाय स्तरीय क्रिकेटको उपाधि बिविएले जित्यो


  • ढोरपाटन संवाददाता
  • पुष १२ २०८१, शुक्रबार

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसमा संचालित संकाय स्तरीय क्रिकेट प्रतियोगिता बिविएले जितेको छ ।
स्वतन्त्र बिद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पस बागलुङले आयोजना गरेको प्रतियोगितामा बिएडलाई पराजित गर्दै बिविएले जितेको हो । बिविएले बिएडलाई १ सय ३० रनले पराजित गरेको थियो ।
प्रतियोगिताबाट बिजयी बनेको विविएले नगद ११ हजार सहित ट्रपीm, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको बिएडले नगद ५ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
३ दिनसम्म संचालन भएको प्रतियोगितामा ६ समुहको सहभागीता रहेको थियो । खेल १२ ओभरमा खेलाइएको थियो । सो अवसरमा आयोजित प्राध्यापक र विद्यार्थी संगठनबिच भएको मैत्रीपूर्ण खेलमा प्राध्यापकको समुह र धौलागिरि बहुमुखी क्याम्पस बिजयी भएको स्ववियु सदस्य सुनिल गौतमले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य गोविन्दबहादुर नेपालीले पछिल्लो समय क्रिकेट खेलप्रति आकषर्ण बढ्दै गएकाले यसको बिकासका लागि सवैको सहकार्य आवश्यक देखिएको बताए । कार्यक्रममा क्याम्पस प्रमुख प्राध्यापक डाक्टर रामप्रसाद उपाध्याय, बिद्यार्थी संघ संगठनको तर्फबाट नेविसंघका जिल्ला अध्यक्ष बिषेश पराजुलीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम स्ववियु सदस्य तथा कार्यक्रम संयोजक सचिन हरिजनको अध्यक्षता, सदस्य बिशाल थापाको स्वागत र सदस्य सुनिल गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->