आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आरव र सुनिरा च्याम्पियन

आरव र सुनिरा च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • पुष १६ २०८१, मंगलबार

पोखरा/पोखरामा सम्पन्न २१ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिसअन्तर्गत सम्पन्न प्रतियोगितामा आरव सम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका छन् ।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा आरव सम्राट हाडाले प्रतिद्वन्द्वी प्रनव मानन्धर र सुनिरा थापाले सलोनी तामाङलाई पराजित गर्दै च्याम्पियन बनेका हुन् ।
मेन्स सिंगल्सतर्फको फाइनलमा आरवले प्रनवलाई ६–१, ६–१ ले पराजित गर्दा सुनिराले सलोनीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे । च्याम्पियन भएका दुबैले समान नगद ८०–८० हजार प्राप्त गर्दा उपविजेताले जनही नगद ४०–४० हजार रुपैयाँका साथमा ट्रफी प्राप्त गरेका छन् ।


यस्तै ३५ वर्ष माथिको सिंगल्समा पूर्व नं १ जितेन्द्र परियारले प्रतिद्वन्द्वी सन्तोष खत्रीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएका छन् । जितेन्द्रले ट्रफीका साथ ६० हजार र उपविजेता सन्तोषले नगद ३० हजार रुपैयाँका साथमा ट्रफी हात पारे ।
४५ वर्षमाथिको सिंगल्स फाइनलमा कमल भण्डारी विजेता बनेका छन् । उनले रोहित सुनुवारलाई ६–०, ६–२ ले पराजित गरे । विजेताले नगद ४० हजार तथा उपबिजेता रोहितले २० हजारसहित ट्रफी प्राप्त गरे भने ५५ वर्ष माथिको फाइनल स्पर्धामा चन्द्र शाही विजयी भए । उनले जिवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरे । चन्द्रले नगद ३० हजार उपबिजेता जिवनले १५ हजार नगदसहित ट्रफि प्राप्त गरे ।


बिजेता खेलाडीहरुलाई माछापुच्छ«े बैंकका संस्थापक तथा केसी ग्रुपका डाइरेक्टर किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ प्रतियोगिताका प्रायोजक संस्थाका प्रतिनिधिहरु, प्रतियोगिताका संयोजक नविन चालिसे, संघका कोषाध्यक्ष विष्णु बहादुर थापा, सचिव भिष्मराज पौडेललगायतले नगद तथा ट्रफी वितरण गरेका थिए ।
समापन कार्यक्रम संघका अध्यक्ष राजकुमार गुरुङ (राजु)को अध्यक्षतामा भएको थियो । पुुस ११ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १ सय ४० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->