बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखा आरुघाटमा आगलागी हुँदा तीन घर जले

गोरखा आरुघाटमा आगलागी हुँदा तीन घर जले


  • ढोरपाटन संवाददाता
  • पुष २० २०८१, शनिबार

गोरखा / गोरखाको आरुघाट गाउँपालिका-१ मान्वुको श्यामचेतमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । स्थानीय पूर्णबहादुर लामा र उनका दुइ छोराहरू बुद्धिमान र आइतेसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शनिबार साँझ करिब साँढे ६ बजेको समयमा खाना बनाउन आगो बाल्ने क्रममा चुलो नजिकै रहेको मकैको खोस्टामा सल्किएर पूर्णबहादुरको घरमा आगलागी हुन पुगेको थियो । उक्त घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई घर समेत जलेर भएको डीएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । आगलागीबाट सँगै रहेको बीरबहादुर लामाको घरमा पनि सामान्य क्षति पुगेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->