बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रेडक्रसको अभियान रक्तदान जीवनदान

रेडक्रसको अभियान रक्तदान जीवनदान


  • शुभेच्छा गौतम
  • पुष २३ २०८१, मंगलबार

हेनरीले देखाइदिए मानवताको बाटो,
निष्पक्षता, तटस्थता यिनै हाम्रो पाटो ।
सेवा नै हो धर्म तिम्रो मूल यही नारा,
आधारभूत स्वास्थ्य सहित निभायौं अभिभारा ।

रक्तदान गर्यौ भने हुन्छ जीवनदान,
सबै मिली सफल पारौं रैडक्रसको अभियान ।
भूकम्प र पहिरोमा हात अगाडी बढायौ,
दीन दुःखीका हृदयमा सधै मलम लगायौ ।

आपत विपत पर्दा तिमीले सधैं दियौ गाथ,
भोका नाङ्गा दीन दुःखीलाई दियौ सधैं साथ ।
नत कुनै जाती, भाषा नत कुनै धर्म,
समेटेउनी सबैलाई देखाई समान कर्म ।

बाटघाटो खानेपानी ठाउँ ठाउँमा पुर्यायौं,
रक्त अभाव कम गर्न अभियान चलायौं ।
सरकारको साझेदारी सहयोगदाता बनी,
रेडक्रसलाई चिनौं हजुर परोपकारी भनी ।

बचाउ जीवन सबैको रक्तदान गरी,
हेनरीले सिकाएको मानवता सरी ।
एकताको हात समाई विपतमा लड्छौं,
रक्तदान गर्न हामी सधैं बढ्छौं ।

जहाँ पर्छ ठूलो विपत पुग्छ रेडक्रस त्यहाँ,
इरा, मिरा गरिकन सामान जुटाउँछ यहाँ ।
एम्वुलेन्सको सुविधालाई विस्तार पनि गर्छौं,
मानवताको सिद्धान्तमा हामी लागि पर्छौं ।

रेडक्रसले दिने गर्छ शिक्षा, दीक्षा ज्ञान,
मान्नु पर्छ रेडक्रसलाई भगवानको वरदान ।
रेडक्रसको अभियानले सबैको कल्याण हुनेछ,
सामाजिक सद्भावले सगरमाथा छुनेछ ।

रेडक्रसको अभियान हाम्रो पनि अभियान,
सबै मिली सफल पारौं रक्तदान जीवनदान ।
परेको छैन रेडक्रस कसैको दबावमा,
नपरोस् है ज्यान गुमाउन रगतको अभावमा ।

रेडक्रसको अभियानले जीवनदान गरेको छ,
विपतग्रस्त ज्यान बचाउन सधैं लागि परेको छ ।
रेडक्रस तिमी दीनदुःखीको मलम पट्टी भइरहनु,
संसार भरी यसरी नै सधैं सधैं छाइरहनु ।

जय राष्ट्र ! जय रेडक्रस !!

न्यु एभरेष्ट एकेडेमी
बा.न.पा. १ रामरेखा, बागलुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->