आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकी प्रदेश पिएम कपमा स्याङजा च्याम्पियन

गण्डकी प्रदेश पिएम कपमा स्याङजा च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०८१, शनिबार

पोखरा/गण्डकी प्रदेश पिएम कप महिला टी २० छनोट प्रतियोगिताको उपाधि डिफेन्डीङ च्याम्पियन स्याङजा जिल्लाले जितेको छ । प्रधानमन्त्री कप टी२० क्रीकेट प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट समेत रहेको प्रतियोगितामा स्याङजा लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । प्रादेशिक क्रीकेट संघ गण्डकीको आयोजनामा पोखरा क्रीकेट रंगशालामा बिहिबार भएको फाइनलमा स्याङजाले घरेलु टोली कास्कीलाई ८ विकेटले हराउँदै उपाधि चुमेको हो । लिगचरणमा कास्की संग हार व्यहोरे पनि अन्ततः स्याङजाले एक पटक पुनः उपाधि रक्षा गर्न सफल भएको हो ।
११४ रनको लक्ष्य पाएको स्याङजाले १९.३ ओभरमा २ विकेट गुमाउँदै पुरा ग¥यो । स्याङजाकी कप्तान श्रेया शाहले ५६ बलमा चार चौकाको मद्धतमा ४५ रनको योगदान दिइन् । उनी शुसिला दिम्दोङ तामाङको बलमा बोल्ड भइन् । सलिना सेनले नट आउट रहँदै चार चौकाको सहयोगमा ४९ बलमा ३९ रन जोडिन् । फाइनल खेलको म्यान अफ दि म्याच श्रेया शाह बनिन् । त्यसअघि टस हारेर ब्याटिङ गरेको कास्कीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनायो । कास्कीकी रेखा तामाङले ३८ बलमा ३८ रन, रिया थापाले ४० बलमा २९ रन र सिर्जना पौडेलले १३ रन बनाइन् । स्याङजाका लागि अपेक्षा बुढाथोकीले ४ ओभरमा २० रन दिएर ३ बिकेट लिइन् । त्यस्तै निरु जिटीले १ विकेट लिइन् । प्रतियोगितामा प्लेयर अफ दि सिरिज कास्कीकी सिर्जना पौडेल घोषित भइन् । उनी उत्कृष्ट ब्याटर समेत बनिन् । त्यस्तै स्याङजाकी अपेक्षा शाह उत्कृष्ट बलर घोषित भइन् । प्रतियोगिता सकिएसँगै पिएम कपका लागि गण्डकीको १४ सदस्यीय टोलीको छनोट गरिएको छ । छनोट हुनेमा सिर्जना पौडेल, श्रेया शाह, धनकुमारी क्षेत्री, मनिका लामिछाने, सलिना सेन, रेखा तामाङ, अपेक्षा बुढाथोकी, निरु जिटी, चन्द्रमाया बराल, आकृति तिवारी, यशोदा भुजेल, श्रेया शर्मा, जेनिसा खत्री र रिया तामाङ रहेकी छन् । यस्तै वैकल्पिक खेलाडीमा आयुष्मा चापागाईँ, सम्झना विक, प्रतिमा खड्का र रोजिता चापागाई रहेकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->