आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा कप राष्ट्रिय बास्केटबल : गण्डकी र बागमती प्रदेश उपाधिका लागि भिड्दै

पोखरा कप राष्ट्रिय बास्केटबल : गण्डकी र बागमती प्रदेश उपाधिका लागि भिड्दै


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०८१, बुधबार

पोखरा/पोखरामा जारी पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश र बागमती प्रदेश उपाधिका लागि आज भिड्दै छन् । गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा भएको प्रतियोगितामा मंगलबार गण्डकी र बामगतीले आ–आफ्नो खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका हुन् । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको पहिलो सेमीफाइनल खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ७८– ३६ ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । सुरुवातदेखी नै अग्रगता लिएको बागमतीले पहिलो क्वाटरमा १७–९, दोस्रोमा २०–११, तेस्रोमा २७–९ र अन्तिम क्वाटरमा १४–७ को स्कोर निकाल्दै उत्कृष्ट जित हासिल गरेको हो । यस्तै दोस्रो सेमीफाइनल खेलमा गण्डकी प्रदेशको एकपक्षिय प्रदर्शनी रह्यो । गण्डकीले कर्णाली प्रदेशलाई ११६–१९ ले पाखा लगाउँदै फाइनलमा बागमती संगको भेट पक्का गरेको हो । गण्डकीले बनाएको यो स्कोर प्रतियोगिताकै सार्वाधिक स्कोर हो । यस अघि कर्णाली विरुद्ध बागमतीले १००–२० को स्कोर बनाएको थियो । एकपक्षिय खेलको पहिलो क्वाटरमा गण्डकीले कर्णाली माथि ३३–३ को स्कोर निकालेको थियो । यस्तै दोस्रो क्वाटरमा ३१–७, तेस्रोमा २१–७ र चौथोमा २९–२ को स्कोर बनाउन सफल भएको हो । कर्णालीले तेस्रो स्थानका लागि लुम्बिनीको सामना गर्नेछ । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई नगद रु एक लाख ११ हजार १११, उपविजेतालाई नगद रु ६६ हजार ६६६ र तेस्रो हुने टिमलाई नगद रु ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->