पोखरा/उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेल सुरु भएको छ ।
प्रतियोगिताको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाले उद्घाटन गरे । प्रतियोगितामा डिफेन्डिङ च्याम्यिन त्रिवेणी पब्लिक सेकेन्डरी स्कूल लेखनाथले विजयी सुरुवात गरेको छ ।
त्रिवेणीले ज्ञान सागर एकेडेमी हेम्जालाई ४–१ को गोल अन्तरले हरायो । उद्घाटन खेलमा मदरल्याण सेकेण्डरी स्कूलले सृजना सेकेन्डरीलाई ३–२ गोल अन्तरले हरायो । प्रतियोगिताको पहिलो खेलमा सोसल पब्लिकलाई ६–३ गोलको अन्तरले हराउँदै शिशु निकेतन सेकेन्डरी दोस्रो चरणमा प्रबेश गरेको छ ।
अर्को खेलमा व्यलडन एकेडेमी र बिएमजी सेकेन्डरी स्कूलले निर्धारित समयमा दुई÷दुई गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरबाट भयो । ट्राइबे्रकरमा बिएमजीले १–० गोलले हरायो ।
लिटिल स्टेपले र बालोदय स्कूललाई ४–१ गोलले हराउँदा माउन्ट अन्नपूर्ण सेकेन्डरी डाइमण्ड सेकेन्डरीसँग २–३ गोल अन्तरले पराजीत भयो ।
सगरमाथाले लिटिल फ्लावर एजुकेसन एकेडेमीलाई ५–१ गोलको फराकिलो अन्तरले हरायो । हिलप्वाइन्टले न्यूलाइट इङलिस बोडिङ स्कुललाई ५–० गोलको फराकिलो अन्तरले हरायो । गुरुकुल विद्यासदनले पश्चिमाञ्चल सेकेन्डरीलाई ३–०, न्यूग्यालेक्सीले प्रतिभलाई ५–२ गोल अन्तरले हरायो ।
जुनियर सिटिजन्सले बालकल्याणलाई ५–०, अक्सफोर्डले करुणानिधिलाई १–० र पोखरा युनाइटेड एकेडेमीले पोखरा आर्दश सेकेन्डरीलाई ४–३ गोल अन्तरले हरायो ।
हिसान गण्डकीका अध्यक्ष डाक्टर रामजी शर्माका अनुसार कास्की छनौट प्रतियोगितामा ३१ विद्यालय सहभागिता जनाएका छन् भने प्रतियोगिताबाट गण्डकी प्रदेशका लागि १० टिम छनोट हुने छन् ।
प्रतियोगितामा कास्कीबाट १०, नवलपुरबाट २, स्याङजाबाट १, पर्वत, बाग्लुङ र म्याग्दीबाट १, तनहुँ, लमजुङ र गोरखाबाट १ गरी १६ टिमले प्रदेश स्तरीय प्रतियोगिता खेल्ने छन् ।
हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् ।





