पोखरा/टाइगर गु्रपअफ पोखराको आयोजनामा जारी पाँचौं संस्करणको टाइगरकप महिला तथा पुरुष अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । पोखरा रंगशालामा जारी प्रतियोगितामा शनिबार दोस्रो क्वालिफाइ खेल सकिएसंगै आज उपाधि भिडन्त हुन लागेको हो ।
प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ । आर्मी ३–१ को सेटले पराजित गर्दै गण्डकीले फाइनल स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तर, तेस्रो र चौथोमा पुनः उत्कृष्ट प्रदर्शन गर्दै साविक उपविजेता गण्डकी फाइनलमा पुगेको हो । गण्डकीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो । गण्डकीले उपाधिका लागि आज नेपाल पुलिस क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

यस्तै महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबलाई हराउँदै आयोजक टोली पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा न्यू डायमण्डलाई ३–१ सेटले पराजित गर्दै आयोजक टोलीले फाइनलको यात्रा तय गरेको हो । पहिलो सेट १६–२५ ले गुमाएको आयोजक टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फाइनलको यात्रा सुरक्षित गर्यो ।
टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो २५–१५ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो । आयोजक टोलीले फाइनलमा सशस्त्र प्रहरी बल एपीएफको सामना गर्दैछ । पराजित भएको न्यू डायमण्ड तेस्रो बनेको छ । तेस्रो बनेको न्यू डायमण्डले १ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो । गण्डकीसंग पराजित हुँदै तेस्रो बनेको आर्मीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछ ।





