पोखरा/पोखराको ड्याम साइड क्लवको आयोजनामा आइतबारदेखि चौथो सस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा सुरु भएको प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा आइतबार दुई खेल सम्पन्न भएका छन् ।
आइतबार भएकोे उद्घाटन खेलमा शिशु निकेत माविले विजयी सुरुवात गरेको छ । शिशु निकेतले पोखरा किन्डरगार्डेन माविलाई टाइबेकरमा ५—३ को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । २५÷२५ मिनेटको निर्धारित समयमा दुबैतर्फ एक÷एक गोलले खेल बराबरीमा टुंगिए पछि खेल टाईबेकरमा धकेलिएको हो ।
दोश्रो खेलमा हिमालयन बोर्डिङ स्कूल विजयी भएको छ । हिमालयनले बिद्या निकेत माविलाई १–० को झिनो गोल अन्तरले पराजित ग¥यो ।
यसैबिच, यही माघ २६ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष राधिका कुमारी शाहीले गरेकी थिइन् ।





