आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘मैदानमा उत्रिएर जितिदैन, अहिले नेपाली फुटबल नै यस्तै छ’

‘मैदानमा उत्रिएर जितिदैन, अहिले नेपाली फुटबल नै यस्तै छ’


  • विजय नेपाली
  • माघ २३ २०८१, बुधबार

पोखरा/‘हिजो पनि हारेका थियौँ आज पनि हा¥यौ । सिद्यैँ रणभूमिमा आएर खेल्दा जितिदैन ।’ ‘अहिले नेपाली फुटलब नै यस्तै छ’ यी दुई कुरा मंगलबारका हुन् । सहारा क्लब पोखराले आयोजना गरेको २४ औं आहा रारा पोखरा गोल्डकपमा आयोजक टिमलाई विभागिय क्लब नेपाल पुलिसले १–० ले हरायो । हारेको टिमले गुनासो गर्नु स्वभाविक हो तर, जितेको टिमले नै फुटबल प्रति दुखेसो पोख्नु भने अस्वभाविक नै हो । नपोखुन पनि कसरी नेपाली फुटबलको विगति जो छ । मोफसलकै चर्चित मध्येको एक आहा रारा गोल्डकप जित्ने चाहाना हरेक फुटबल खेलाडीको हुन्छ । नेपाल पुलिसक क्लब आहा रारामा सर्वाधिक सफल खेलाडी हो भने सहारा क्लब १२ वर्ष अघि एक उपाधि चुमेको थियो । मंगलबार सहाराले पाएको तीन अवसर खेर फाल्दा हार व्यहोर्न बाध्य भयो । पाचौँ मिनेटमा विलियम सेसेनोङको प्रहारमा पुलिस क्लबका गोलरक्षक शत्रुधन चौधरी बाधक बने । १२ औं मिनेटमा सहाराका कप्तान सुशील लामाको प्रहार पनि बिफल भयो । १७ औं मिनेटमा पुलिसका विवेक पाण्डेको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो । २१ औँ मिनेटमा पुलिस क्लबका विवेकको फ्रि किक प्रहार सहाराका गोलरक्षक सन्तोष महतले बचाए । ३६ औं मिनेटमा उज्वल राईले कर्नरबाट उत्कृष्ट गोल गरे । उज्वलको प्रहार सेकेण्ड बार च्याप्दै गरेको कर्नर प्रहार सिधै गोलमा परिणत भयो । पहिलो हाफको सुरुवातमा दबाब बनाएको सहारा फिनिसिङमा चुक्न पुग्यो । खेलको ५६ मिनेटमा सहाराका कप्तान सुशीलको प्रहार पुलिसका गोलरक्षकले पन्च गर्दै बचाए । पुलिससंग हार व्यहोरेपछि सहाराका प्रशिक्षक सुनिल रानाले खेलाडीको प्रर्दशनीबाट खुसी भएपनि आवश्यक तयारीबारेमा भने बेखुसी देखिए । खेलको सुरुवातमा पुलिसलाई दबाबमा राखेको सहाराले नसोचेको तरिकाले गोल खाँदा हार व्यहोर्न बाध्य भयो । ‘हिजो पनि हा¥यो आज पनि त्यहि भयो । यसपालि हामीलाई दबाब थियो लोकल नै खेलाउन पर्छ भनेर । आहा रारा हो अलिकति बलियो टिम बनाउन प¥यो भनेर विदेशी पनि हाल्यौ टिम पनि स्ट्रोङ नै हो पाएको अवसर खेर फाल्दा समस्या भएको हो’ उनले भने, ‘हाम्रो मुख्य समस्या नै यहि हो । फुटबल भनेको यस्तो चिज हो हामी चाहे एक दुई महिना वा त्यो भन्दा बढी प्रशिक्षण नै किन नगरौं तर, खेल्ने कहाँ ? आएर यहाँ सिद्यै खेल्नुपर्छ को कस्तो खेल्छ भन्ने कुरा नै थाहा हुँदैन । एकैचोटी हामी यो रणभूमिमा आएर उत्रिन पर्छ । अब क्लबले पनि खेल हुनु भन्दा अघि एक दुई प्रिम्याच (मैत्रीपूर्ण) खेलाउन प¥यो टे«निङ र फुटबल म्याचमा फरक पर्छ तर यहाँ आएर धेरै फरक पर्छ ।’ प्रशिक्षण गरेर मात्रै नहुने र मोफसलमा खेलाडीलाई तबल दिएरै राख्ने स्थिति नहुँदा मोफसलका टिम कम्जोर हुँदै आइरहेको उनको भनाइ छ । उनी जस्तै पुलिसका कप्तानको पनि फुटबल प्रति दुखेसो नै छ । कप्तान राम वाजिले अहिले नेपाली फुटबलमा निकै समस्या रहेको र खेलाडीहरु भविष्यका लागि विदेश पलायन हुँदै जाँदा समस्या आइरहेको सुनाउछन् । पुलिसका कप्तान राम वाजिले खेलाडी पलायनले असर गर्दा टिममा असर परेको सुनाए । उनले नेपाली फुटबलमा अहिले निकै समस्या हुँदा खेलाडी बन्न लायक हुने समयमा सबै विदेशीने गर्दा पुलिसमा समेत नयाँ खेलाडी रहेको उनले सुनाए । नेपालको अवस्था हेर्दा सबै खेलाडी पलायन भएका छन् । त्यसको असर हाम्रा क्लबमा पनि छ (पुलिस) । अहिले नेपाली फुटबल नै यस्तै छ अलिकति बन्छ त्यसपछि उ जान्छ, हाम्रो फोर्सको टिम बनेको धेरै नियम कानुनमा बाधिएको हुन्छ । हामी नयाँ खेलाडीका साथ खेलिरहेका छौं’ उनले भने, ‘हाम्रो पुलिसको अहिलेको विशेषता भनेको फर्मेसन एकै नहुने हो । हाम्रो अहिलेपनि पेलेरै खेल्ने, बलले नै खेल्ने भन्ने नै छ ।’ पुलिसका प्रशिक्षक चेतन घिमिरेले टिममा नयाँ खेलाडी भएको बताए । उनका अनुसार टिम बनाउने क्रममा रहेको र यहि टिमले नै अहिले बलिया क्लबहरुलाई समेत दबाब दिदैँ आइरहेको सुनाउछन् । ‘मेरो खेलाडी भनेको नयाँ खेलाडी हुन । राम्रा टिमहरुलाई पनि दबाब दिदैँ आइरहेका छौं यो टिम नयाँ टिम हो यहि खेलाडी आउने दिनमा राम्रो हुनेछ ।’ उता सहारा क्लबले प्रदान गर्दै आइरहेको वर्ष उत्कृष्ट खेलाडी पुरस्कारबाट सनिष श्रेष्ठ सम्मानित भएका छन् । सनिषलाई ५० हजार ५५५ रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको हो । उक्त सम्मान यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलानले प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->