आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आहा रारा पोखरा गोल्डकप : मछिन्द्रले एपिएफलाई हरायो

आहा रारा पोखरा गोल्डकप : मछिन्द्रले एपिएफलाई हरायो


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०८१, बुधबार

पोखरा/२४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र क्लबले जीत हासिल गरेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन मछिन्द्रले एपिएफलाई २–० ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालस्थित फुटबल मैदानमा जारी गोल्डकपको दोस्रो हाफमा मछिन्द्रले आफ्नो रणनीति परिवर्तन गर्दै दुई गोल गर्न सफल भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । मछिन्द्रका लागि स्टेफन कामाहा र परिवर्तित खेलाडी अदित्य शाक्यले गोल गरे । खेलको सुरुवातमै मछिन्द्रले फ्रिकीकको अवसर प्राप्त गरेको थियो । एपिएफले डिफेन्सलाइनबाट दिएको पासमा मान बहादुर रानाले नभेटको बल मछिन्द्रका आयुष घलानले नियन्त्रमा लिदै अघि बढाउन खोज्दा मानबहादुरले ट्रयाकल गर्दा फल हुन पुगेको थियो । डिफेन्डर ओमोलाजा करिमले सेकेन्डबार च्याप्दै गरेको प्रहारलाई गोलरक्षक एन्जल श्रेष्ठले बन्च गर्दै बचाए । ४०औं मिनेटमा सनिष श्रेष्ठको प्रहारलाई गोलरक्षक एन्जलले उत्कृष्ट बचाए लगत्तै पाएको कर्नरमा समेत एन्जल बाधक बने । ४१ औं मिनेटमा एपिएफका प्रदीप लामाको प्रहार दोस्राबार नजिकबाट बाहिरियो । ४३ औं मिनेटमा प्रदिपले पेनाल्टि क्षेत्रभित्रबाट प्रहार गरेपनि गोल हुन सकेन । ७२ औं मिनेटमा मनि लामाको क्रसपासमा कप्तान युवराज खड्काले गरेको हेडलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बँचाए । लगत्तै ७४ औं मिनेमा आदित्य शाक्यले पछिन्द्रका लागि पहिलो गोल गरे । आयुष घलानले सेन्टरलाइनबाट दिएको क्रसपास लाई नियन्त्रणमा लिदैँ परिवर्तित खेलाडी आदित्यले एपिएफका तीन डिफेन्डरलाई विट गर्दै उत्कृष्ट फिनिसिङ गरे । ७७ औं मिनेटमा एपिएफका विकु लामो प्रहार पहिलो बार नजिकबाट बाहिरियो । खेलको ८१ औं मिनेटमा स्टेफनले मछिन्द्रका लागि दोस्रो गोल गरे । देवेन्द्र तामाङले प्रहार गरेको फ्रिकिकमा एपिएफका गोलरक्षक एन्जल अघि बढि पन्च गर्ने प्रयास गर्दा स्टेफनले हेडर गर्दै बललाई जाली चुमाए । जितसंगै एपिएफले क्वाटरफाइनलमा थ्रीस्टारसँग भेट पक्का गरेको छ ।
अझ सुधारेर खेल्नेछौँ : प्रशिक्षक सन्तोष न्यौपाने (मछिन्द्र)
हामी योजना अनुसार नै खेलेका थियौं । विपक्षिले अलिकति डिफेन्स बलियो बनाएकाले हामीले गोल गर्न सकेनौं । अलिकति रणनीति परिवर्तन ग¥यौ र स्कोर निकाल्यौं । म आजको खेलबाट सन्तुष्टि नै छु, तर आज अलिकति राम्रा खेलाडीले व्यक्तिगत खेल खेले राम्रा खेलाडीले आफ्नो खेल देखाउन पर्छ । त्यसलाइ अबको खेलमा सुधार गर्नेछौं । योभन्दा राम्रो खेल खेलेर अट्याकिङमै ध्यान दिएर छिटै गोल गर्ने तरिकाले खेल्नेछौं ।
स्ट्राइक लाइनमै कमजोरी भयो : प्रशिक्षक जिवेश पाण्डे (एपिएफ)
हामीले पाएको अवसरलाई गोल गर्न सकेनौं । खेल बराबरी नै थियो । जसले चान्स पायो, त्यसैले जित्यो । खेल राम्रो थियो जित्नका लागि गोल चाहिन्छ । उहाँहरुले गोल गर्नुभयो । त्यही हो । सेकेन्ड हाल्फ हाम्रो मेन डिफेन्डर घाइते भयो र त्यही बलमा खेलाडी परिवर्तन गर्दा गोल हुन पुग्यो । मुख्य स्ट्राइकमा हामी कमजोर देख्नुभयो होला ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->