आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बिटी कपमा पहिलो चरणका खेल जारी

बिटी कपमा पहिलो चरणका खेल जारी


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०८१, बुधबार

पोखरा/पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा बुधबार ७ खेल सम्पन्न भएका छन् ।
पहिलो खेलबाट गोल्डेन नाइटले बिटी टिम ‘सि’ लाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको विनोद गुरुङले जानकारी दिए । दोस्रो खेलमा हाम्रो एफसीको अनुपस्थितिमा लामागाउँ गुम्बा टिम ‘बि’ विजयी बन्यो ।
एलसी ब्रदर्श बि र जि नाइन घाचोकबीच भएको तेस्रो खेल १–१ को बराबरीमा निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा एलसी ब्रदर्श विजयी बन्यो ।
चौथो खेलमा बिग सिटी लेकसाइडले टुंडिखेल एफसीलाई ३–० गोल अन्तरले हरायो । पाँचौँ खेल क्य्रास एफसीले चन्द्र सूर्यलाई ३–१ गोलले हरायो ।
छैटौं खेलमा माछापुच्छ्रे त्रिशक्तिले गहते एफसी बागलुङलाई १–० गोल अन्तरले पराजित ग¥यो भने अन्तिम खेलमा रामघाट एफसीले लेकसिटी एफसीलाई ४–१ गोल अन्तरले हरायो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->