आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जिल्ला टी–२० क्रिकेट लिग : सांग्रिला र कास्की विजयी

जिल्ला टी–२० क्रिकेट लिग : सांग्रिला र कास्की विजयी


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०८१, शुक्रबार

पोखरा/सांग्रिला क्रिकेट क्लब र कास्की क्रिकेट क्लबले क्रमशः अरण्यज्योति र पोखरा क्रिकेट क्लबलाई पराजित गरेका छन् ।
बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा कास्की जिल्ला टी—२० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सांग्रिलाले अरण्यज्योतिलाई १०४ रनको फराकिलो अन्तरले गरेको छ । टस जितेको सांग्रिलाले निर्धारित २० ओभरमा १५५ रनको स्कोर खडा गर्यो । विराट दुवाडीले ओपनरको रुपमा २६ रन बनाए । अर्का ओपनर ६ रनमा पभेलियन फर्किएपछि दबावमा परेको सांग्रिलालाई सुदिप पौडेलले सम्हाले । दोस्रो विकेटको रुपमा रिकेश गुप्तालाई ९ रनमा गुमाएको थियो । चौथो नम्बरमा आएका पौडेलले ३९ बलमा ५२ रन बनाए । आर्दश झाले १४ रन बनाएका थिए । अब्दुल खालिफ मियाँले ३ विकेट लिए ।
१५६ रनको लक्ष्य पछ्याएको अरण्यज्योति भने ५१ रनमा सबै विकेट गुमायो । सिब्रिन श्रेष्ठले सर्वाधिक ५ विकेट लिने क्रममा ३.३ओभमा १ मेडनसहित १३ रन खर्चिएका थिए । उनी खेमा प्लयेर अफ दि म्याच घोषित भए ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगिताको दोस्रो खेलमा कास्की क्रिकेट क्लबले टस जित्दै पहिलो इनिङ शुरु गर्यो । आफनो इनिङमा अर्जुन कुमालको ७७ र रोहित चन्दको ५५ रनको उत्कृष्ट प्रदर्शनमा १६८ रनको योगफल तयार पार्यो ।चन्देल ४४ बल खेल्दै २ चौका ४ छक्का उनको व्याटबाट निस्कियो । त्यस्तै कुमालले ७७ रन बनाउने क्रममा ५१ बल खेले । ५ चौका रा २ छक्का प्रहार गरे । अनिष धामीले ४ र अमन सुवेदीले दुई विकेट लिए ।
१६९ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा क्रिकेट क्लब भने १४४ रनमा समेटिदैं २४ रनले पराजित हुन पुग्यो । ओपनर मुस्कान थापाले अर्धशतकीय पारी खेल्दै गतिलो शुरुवात दिलाए । तर अन्य व्याटरको प्रभावकारी प्रदर्शन भने रहन सकेन् । थापाले ३६ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका थिउ । चौथो नम्बरमा आएका सुवास भण्डारीले ३२ रन बनाउँदा प्रेम गुरुङले १४ रनमा अविजित रहे । प्लेयर अफ दि म्याच बनेका अजुर्न कुमालले २ विकेट लिँदा अदित्य थापाले ३ विकेट आफनो नाममा लेखाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->