आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आहा रारा गोल्डकप : संकटामाथि संकट बनेको सिक्कीमको थन्डर

आहा रारा गोल्डकप : संकटामाथि संकट बनेको सिक्कीमको थन्डर

आहा रारा गोल्डकपमा आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् ।


  • विजय नेपाली
  • माघ २६ २०८१, शनिबार

पोखरा/पोखरा रंगशालामा जारी २४ औं आहा ! रारा पोखरा गोल्डकप शुक्रबार भएको खेलमा पाहुना टोली थन्डर बोल्ट नर्थ युनाईटेड सिक्कीमले पुनरागमन जित निकाल्यो । संकटाले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाइ राख्न नसक्दा ३–१ को हार व्यहोर्न बाध्य भयो । संकटा क्लब एक हप्ता अघि काठमाडौंमा सम्पन्न सभापति कप फुटबलको च्याम्पियन टिम हो । काठमाडौंमा च्याम्पियन बनेको एक हप्तामै संकटाले नराम्रो हार पोखरा गोल्डकपमा व्यहो¥यो । आहा रारा पोखरा गोल्डकप समेत च्याम्पियन भइसकेको संकटालाई पाहुना टोलीले निरिह बनायो । १–० ले पछि परेको थन्डरले खेलमा पुनरागमन गर्दै आफ्नो पहिलो सहभागितामा दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । यस अघि सिक्कीको अन्य टिम आहा रारामा सहभागिता रहेपनि पहिलो चरणबाटै बाहिरिदै आएको थियो । शुक्रबार समेत खेलको १७ औं मिनेटमै गोल खान पुगेको सिक्कीम संकटामाथि संकट बन्न पुग्यो । १७ औं मिनेटमा संकटाका मनिष पौडेलले सुरुवाती गोल गरेका थिए । अभिषेक लामाले दिएको पासलाई मिनषले नियन्त्रणमा लिदैँ थन्डरका कप्तान सोनाम भुटियालाई विट गर्दै उत्कृष्ट गोल गरेका थिए । एग्रेसिभ खेल पस्केको संकटाले अग्रतालाई लामो समय टिकाउन सकेन । ३५ औं मिनेटमा अभिषेक लामाले करण राईलाई तानेर लडाएपछि पेनाल्टिको अवसर पाएको थियो । राइडसाइडबाट थन्डर्सका फोफोनाले गरेको क्रसबललाई हेड गर्ने क्रममा अभिषेकले करणलाई लडाउँदा पेनाल्टिको अवसर प्राप्त गरेको थियो सोही पेनाल्टि संकटाका लागि संकट बन्न पुग्यो । तालाले पेनाल्टिमा सहजै गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याएका थिए । थन्डरले खेलको सातौं मिनेटमै प्राप्त फ्रिकीक सदुपयोग गर्न सकेन । २० औं मिनेटमा अभिनाष साङताङको प्रहारलाई गोलरक्षक लाक्पा भुटियाले रोके । पहिलो हाफमा थप गरिएको २ मिनेटमा थन्डर्स राम्रा दुई प्रहार गरेपनि त्यस समय पोष्टको बार बाधक बन्दा पहिलो हाफ १–१ गोलको बराबरीमा रोकियो । दोस्रो हाफको सुरुवात देखी नै संकटामाथि हाबि भएको थन्डर्सले अन्ततः दुई गोल गर्दै ३–१ को जित हासिल गरेको हो । थप २ मिनेटमा आन्द्रेको प्रहार क्रसबारमा लाग्दै रिबाउन्ड बलमा प्रविन सुब्बाको प्रहारलाई गोलरक्षक दिप कार्कीले बचाए । ५० औं मिनेटमा परिवर्तित खेलाडी चन्दन कुमार दासको प्रहारलाई गोलरक्षक लाक्पाले उत्कृट बचाए । ६७ औं मिनेटमा एविखा रिचार्डको प्रहार त्रसबारमा लाग्दा संकटा अग्रता लिनबाट चुक्यो । ७० औं मिनेटमा पासाङ लामाको पासमा सिर्जनको प्रहार बाहिरियो । ७५ औं मिनेटमा संकटाका गोलरक्षक दिप कार्कीले गल्ति गर्दा आदर्श तामाङको प्रहार बाहिरियो । लगत्तै ७७ औं मिनेटमा आन्द्रेको पासमा करणले गोल गर्दै थन्डरलाई २–१ को अग्रता दिलाए ।
अग्रता जोगाउन नसक्दा पछि परेको संकटाका गोलरक्षक दिप कार्की निकै अघि बढ्दा ७९ औं मिनेटमा सेन्टरलाइबाटै गोल खान पुगे । आदर्श तामाङले सेन्टरलाई भन्दा पछाडीबाटै गरेको प्रहारले जाली चुम्दा संकटाको हार निश्चित भएको थियो ।

चार चोटी आयौं दोस्रो चरणमा प्रवेश गरेको यो पहिलो हो : सोनाम भुटिया प्रशिक्षक थन्डर
रिजल्ट अनुसार हामी खुसी नै छौं । हामी पुर्ण युवाको क्लब हौं हामीले युवा खेलाडी विकासमा महत्व दिन्छौं ।
म चारचोटी युनाइटेड सिक्कीम लिएर यो आहा रारामा आइसके त्यतिखेर हामीले कहिल्यैपनि सफलता मिलेन हाम्रो क्लबलाई एक्सपोजर चाहिएको थियो हाम्रो सिक्कीमको फुटबल कलाको प्रदर्शनी होस र राम्रो खेल्यो भने नेपालमा अघि बढ्न सक्छ भनेर आएका हौं । यति ठूलो प्रतियोगितामा कम्जोर टिमलाई इन्ट्रि दिदैन सायद हामी कन्फिडेन्ट थियौं तर, ओभर कन्फिडेन्ट थिएनौं । हामी सायद अब दुई खेलाडी थप्छौं ।

बेन्च कम्जोर हुँदा चुक्न पुग्यौं : रविन्द्र सिलाकर संकटा प्रशिक्षक
कुनै पनि टिमको बेच्न बलियो भयो भनेमात्र कोचले आफ्नो धेरै दिमाग खेलाउन सक्छ । हाम्रा खेलाडी मोफसलमा भएको टाइट गेमका कारण बाडिन पुगेको छ । हामीले यो समयमा थोरै खेलाडीमात्र कन्ट्याक्ट गरेका थियौं हाम्रा खेलाडीहरु चर्चब्वाइज, एनआरटी लगायत टिमबाट खेलिरहेका छन् । बेन्च कम्जोर हुँदा हामीले हाम्रो रणनीति अनुसार खेल्न सकेनौ जसले गर्दा आज चुक्न पुग्यौं । हामीले चिनेको खेलाडी थिए विपक्षिमा जतिपनि चिनेका खेलाडी छन त्यसको कम्जोरीमा हामी खेल्नुपर्छ भन्ने रणनीतिले ने खेलेका थियौं । फास्ट हाफमा स्कोर गरेपनि डिबक्सभित्र गल्ति गर्दा हामीले गोल खायौँ ।

आजबाट क्वाटरफाइनल
आहा रारा गोल्डकपमा आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । माघ २२ गतेदेखी सञ्चालन भएको गोल्डकपको पहिलो क्वाटरफाइनलमा सर्वाधिक सफल नेपाल पुलिस क्लबले पाहुना टोली बिग्रेड ब्वाइज युकेको सामना गर्दैछ । यस पटक नयाँ खेलाडी लिएर मैदान उत्रिएको पुलिसले एक खेल खेलिसकेको छ भने विग्रेडले पहिलो खेल खेल्दैछ । पुलिसले मैदानको अनुभव बटुलिसक्दा नयाँ टोलीको सामना हुनेछ । उक्त खेलको विजेता सेमीफाइनलमा पुग्ने पहिलो टोली बन्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->