बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रेडक्रसको अभियान: रक्तदान जीवनदान

रेडक्रसको अभियान: रक्तदान जीवनदान


  • श्वेता केसी
  • माघ २६ २०८१, शनिबार

जीवनको गाथा सेवा र सर्मपण,
रेडक्रसको अभियान मानवताको प्रण ।
रगतको थोपा जीवनको ज्योति,
दान गरौं रगत बाँचून् अरुको गति ।।

संघर्षले भरिएको संसारको बाटो,
माया र ममता बनोस् जीवनको पाटो ।
रक्तदान अभियान छ प्रेमको प्रतिक,
मनमा बसाऔं मानवताको संगित ।।

यो ज्यान त छ क्षणिक संसारमा,
दान गरौं रगत अरुको जीवनमा ।
रक्तको त्यान्द्रो जोड्ने पुल यो,
मनको न्यानो छर्ने जीवन मूल यो ।।

“दान गरौं रगत बचाऊ जिन्दगी”,
यो नारा लिएर अगि बढौं हामी ।
रेडक्रसको अभियान छ मानवीय धर्म,
रक्तदान गरौं यो हाम्रो कर्म ।।

आऊ साथीहरू सेवा गरौं यहाँ,
रक्तदान जीवनदान गरौं निरन्तर ।
प्रेम र समर्पणले बद्लौं यो संसार,
रेडक्रसको अभियान, जीवनको सार ।।

एक थोपा रगतले बचाउँछ सास,
जुन कसैको जीवनको हुन्छ आस ।
आँसुका धारा रोक्न सकिन्छ,
रक्तदानले भविष्य रच्न सकिन्छ ।।

स्वस्थ शरीर मनको आनन्द,
रक्तदानले बनाउछ नयाँ सम्बन्ध ।
दानले दिन्छ सन्देश महान,
यो नै हो मानवताको पहिचान ।।

रगतको थोपा जीवनको आशा,
मानव जीवनको उपहार खास ।
दान गर रगत बन साहसिलो,
जीवनभर हुनेछौं तिमी विश्वासिलो ।।

रक्तदान अभियान सुरु गरौं,
सबैको मनमा खुसी छरौं ।
रेडक्रसको अभियानलाई सफल बनाऔं ,
रक्तदान गरौं जीवन बचाऔं ।।

आऊ साथीहरू हात मिलाऊ,
धरतीमा मानवताको दीप जलाऊ ।
एक थोपामा छ ठूलो शक्ति,
दान गरौं रगत, गरौं भक्ति।।

कक्षा ९ गुराँस विद्या सदन
बा.न.पा. ३ गुठी बागलुङ,

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->