पोखरा/पोखरामा जारी चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता उपाधिको लागि आज हिमालयन बोर्डिङ स्कुल र एल.पी. देवकोटा मेमोरियल स्कुल भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा जित हासिल गर्दै दुबै विद्यालयले उपाधिको लागि फाइनलमा यात्रा तय गरेका हुन् । पोखराको ड्याम साइड क्लवको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा हुने क्लबका अध्यक्ष रमेश प्रसाद बरालले बताए । सेमिफाइनल खेलमा एल.पी.देवकोटा मेमोरियल स्कुलले जानकी मा.वि.लाई १—० को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा गरेको छ । एल.पी.देवकोटाको जितमा साजिन क्षेत्रीले एक निर्णायक गोल गरे । एल.पी. देवकोटाकै प्रिन्स गुरुङ म्यान अफ दी म्याच घोषित भए । अर्को खेलमा हिमालयन बोर्डिङ स्कुलले ढुंगेसाँघु बोर्डिङ स्कुललाई एकतर्फी ५—० को गोल अन्तरले पराजित गर्दै फाइनलमा एलपीसंगको भेट पक्का गरेको हो । ह्याट्रिक गरेका हिमालयन संगम म्यान अफ दी म्याच घोषित भए । हिमालयनका लागि रितेस आले र रिजन गुरुङले एक÷एक गोल गरे । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा १७ का वडा सदस्य एवं खेल संयोजक बिक्रम गुरुङले खेलाडीलाई म्यान अफ दी म्याचको ट्रफी हस्तान्तरण गरे । प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्नेछन् ।





