आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कास्की क्रिकेट लिग : अर्जुनको अर्धशतकीय पारीसंगै कास्की विजयी

कास्की क्रिकेट लिग : अर्जुनको अर्धशतकीय पारीसंगै कास्की विजयी


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०८१, आइतबार
Cricket ball resting on a cricket bat on green grass of cricket pitch

पोखरा/कास्की जिल्ला क्रीकेट संघको आयोजनामा पोखरा रंशागालस्थित क्रीकेट रंगशालामा जारी क्लब स्तरीय टी२० लिगमा कास्की क्रीकेट क्लबले जित हासिल गरेको छ । अर्जुन कुमालको अर्धशतकीय पारीसंगै कास्कीले सांग्रिला क्रीकेट क्लबलाई ५४ रनले हराउन सफल भएको छ । टस जितेर ब्याटिङ थालेको कास्कीले ७ विकेटको क्षतिमा १५६ रन बनायो । ओपनर सोहेल कुँवरले २७ बलमा ३४ रन बनाए । कुमालले ४६ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरेका थिए । रोशन चन्दले २५ रन बनाए । सांग्रिलाका लागि लक्ष्मण परियारले ४ विकेट लिए । जवाफि ब्याटिङमा उत्रिएको सांग्रिला १०६ रनमा अलआउट हुन पुग्यो । नितेश गिरीले उत्कृष्ट बलिङ गर्दै पाँच रन मात्रै खर्चेर ३ विकेट लिएपछि सांग्रिलाका लागि सिब्रिन श्रेष्ठले ५६ बलमा ५५ रनको महत्वपूर्ण योगदान दिएपनि हार टार्न भने सकेनन् । उनले ३ चौका र २ छक्का प्रहार गर्दा अरुण अधिकारीले २९ रन बनाउने क्रममा २१ बल खेल्दै ५ चौका र १ छक्का स्कोरकार्डमा चढ्यो ।
आदित्य थापा र रोहित चन्दले समान दुई दुई विकेट लिए । खेलमा अर्जुन कुमाल प्लेयर अफ दि म्याच घोषित भए । त्यस अघि भएको खेलमा पोखरा क्रिकेट क्लबले पहिलो जित हासिल गरेको छ । अरण्यज्योति क्रीकेट क्लबलाई ९ विकेटले हराउँदै पहिलो जित दर्ता ग¥यो । अरण्यज्योतिले दिएको ५२ रनको लक्ष्यलाई पोखरा क्रिकेट क्लबले एक विकेटको क्षतिमा पुरा गर्यो । टस जितेको अरण्यज्योतिले पहिलो इनिङमा केवल ५१ रनमै समेटियो । नवौं नम्बरमा आएका मुकेश गुप्ताले सर्वाधिक १५ रनको योगदान दिए । सुवास भण्डारी र प्रेम गुरुङले समान तीन तीन विकेट लिएपछि अरण्यज्योति सामान्य लक्ष्यमा सीमित हुन पुग्यो । ५२ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लबले मुस्कान थापाको अविजिति ३७ रन योगदानमा सहज जित निकाल्यो । उनले जितसम्म रोशन पौडेलले १३ रनमा अविजित हुदैं साथ दिए । सुवास प्लयेर अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->