पोखरा/पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा थ्रीस्टारले मछिन्द्रलाई टाइब्रेकरमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी २४ औं संस्करणको प्रतियोगितामा आइतबार थ्रीस्टारले मछिन्द्रलाई टाइब्रेकरमा ४–२ ले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समय समेत गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा थ्रीस्टारका परिवर्तित गोलरक्षक सरिन जिसिले मछिन्द्रका अदित्य शाक्य (परिवर्तित खेलाडी) को प्रहार बचाउ गर्दा मछिन्द्रका विशाल घलानको प्रहार बारमा लाग्दै बाहिरिदा थ्रीस्टा ४–२ ले विजयी भएको हो । त्यसअघि खेलको पहिलो मिनेटमै मछिन्द्रले गोलको अवसर गुमायो । छिरिङ शेर्पाको पासमा मनिष डाँगीको ब्याक हेड बाहिरियो । तेस्रो मिनेमा विमल घर्तीमगरको पासमा मनिषले प्रहार गर्न ढिला गर्दा दोस्रो अवसर गुमेको थियो । बल पोजिसनमा आफ्नो पकड बनाएको मछिन्द्र पाएको अवसरहरुको सदुपयोग गर्न सकेन । छैटौं मिनेमा मनिषले थ्रीस्टारका दुई डिफेन्डरलाई विट गरी गरेको प्रहार पहिला बारनजिकैबाट बाहिरियो । १२ औं मिनेटमा थ्रीस्टारका कप्तान योगेश गुरुङको गल्तीको फाइदा स्टेफन कामाहाले उठाउन सकेनन् । योगेशले बिट गर्न खोज्दा स्टेफनले बल खोसे पनि प्रहार गर्न नसक्दा स्वर्ण अवसर गुमेको थियो । २० औं मिनेटमा थ्रीस्टारका दीपेश घलेले क्रस गरेको बल क्रसबारको भित्र लाग्दै बाहिरियो । २४ औं मिनेटमा एलेक्स वाल्लेनको भलि सटलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पन्च गर्दै बचाए । २७ औं मिनेटमा आयुष घलानको प्रहारलाई थ्रीस्टारका गोलरक्षक अभिषेक बरालले बचाए । ८८ औं मिनेटमा मौसम सुब्बाले गोलरक्षकलाई विट गर्दै प्रहार गरेको बललाई मछिन्द्रका डिफेन्डरले बचाए । १०५ औं मिनेटमा थ्रीस्टारका लक्ष्मण रुचालले पेनाल्टी एरियाभित्र गोलको अवसर पाएपनि फितलो प्रहार गरे । १०६ औं मिनेटमा फोडे फोफोनाको प्रहार क्रसबारमा लाग्दै बाहिरिँदा थ्रीस्टार गोल गर्नबाट चुक्यो । खेलको म्यानअफ दी म्याच थ्रीस्टारका दीपेश घले घोषित भए ।
हार पश्चात प्रतिक्रिया दिदैँ मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले फिडफिल्डमा समस्या आउँदा नतिजा निकाल्न नसकेको बताए । सोचे अनुसार खेल नदेखिएपछि स्ट्राइक लाइनमा समस्या आएको उनको भनाइ थियो । थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले आफुहरुले अवसरको सदुपयोग गर्न नसक्दा स्कोर निकाल्न नसकेको सुनाए । योजनाअनुसार खेल्दा स्कोर नकिस्किएको उनले बताए । १५ मिनेटसम्म हामीले अवसर नै पाएनौं । थ्रीस्टारमा यिनै खेलाडी रहेको उनी सुनाउछन् । सन्तोषले पहिलो पटक सिनियर टोली हेरेका हुन् । ‘सिक्दै गरेको छु । खेलाडीसंग कस्तो व्यवहार गर्ने भन्ने पनि सिक्दै छु । प्रयास हो तल–माथि हुन्छ । पहिलोचोटी सिनियर टोली सम्हालेको छु’ उनले भने, ‘सिनियर टिममा रिजल्ट काउन्ट हुन्छ । जुनियरमा प्रोगेसिभ हुन्छ । त्यो सिनियरमा हुँदैन । खुसी र नर्भस छु,’ उनले भने । थ्रीस्टारले अब सेमीफाइनलमा थन्डर नर्थ सिक्कीम र ब्ल्याक बुल्स एफसी उज्वेकिस्तानको विजेतासंग खेल्नेछ । यता पोल ‘ए’ तर्फ आज चर्च ब्वाइजले त्रिभुवन आर्मीको सामना गर्दैछ ।





