आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा रंगशाला : सिट क्षमता बढ्यो, बढेनन् दर्शक

पोखरा रंगशाला : सिट क्षमता बढ्यो, बढेनन् दर्शक


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०८१, मंगलबार

पोखरा/२०७२ साल अघिसम्म पोखरा रंगशालास्थित फुटबल मैदानमा खेल हेर्न आउने दर्शकको संख्या व्यापक थियो । गृहयुद्धदेखि कोरोना महामारीसम्म आइपुग्दा नेपाली फुटबलमा धेरै उतार–चढाब आयो तर आहा रारा गोल्डकपलाई त्यसले प्रभाव पार्न सकेन । प्रतियोगिता निरन्तर चल्यो, रोकिएन । माओवादी जनयुद्ध होस् या जनआन्दोलन नै किन नहोस् ! आहा रारा गोल्डकप निरन्तर चल्यो । तर, पछिल्ला केही संस्करण यता आहा रारा गोल्डकपमा दर्शकको संख्या घट्न थालेको छ । फाइनल खेलबाहेक अन्य खेलमा दर्शकको संख्या त्यति देखिएन गत संस्करणसम्म । अहिले पनि पोखरामा २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकप चलिरहेको छ । तर, दर्शक भने एक हजारको हारहारीमा छन् । यसको मुख्य कारण भनेको खेलको स्तर नहुनु हो । जुन कुरा हरेक टिमका प्रशिक्षक तथा खेलाडीहरुले बताउँदै आएका छन् । २०७२ सालपछि पोखरामा १६ हजार पाँच सय दर्शक क्षमताको प्यारापिट बनेको छ । तर, फुटबलको मेरुदण्डको रुपमा मानिने घरेलु लिग नहुँदा भने खेलको स्तर घटिरहेको छ । जसका असर समग्र नेपाली फुटलबमा परिरहेको छ । विभागीय क्लब त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केसीले नेपाली फुटबल निकै समस्या रहेको सुनाउँछन् । फुटबल जुन तरिकाले चल्नुपर्ने त्यो तरिकाले नचलेको र नेतृत्वका कारण फुटबल ओरालो लागेको उनका भनाइ छ । मेघराज मात्र होइन, ए डिभिजनका हरेक प्रशिक्षकको यस्तै छ । चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले पनि ए डिभिजन लिग नहुँदा नेपाली फुटबलको स्तर घटेको बताउछन् । मेघराज भन्छन्,‘हामी नेपाली फुटबलमा छौं । नेपाली फुटबलमा भइसकेपछि फुटबल कसरी चलेको छ, रेफ्री, खेलाडी, कोचहरु त्यसमा नै बग्ने हो । उनीहरुले जताजता बगाउन चाहन्छन्, त्यतै बगिरहेका छौं । किनकि यो हाम्रो हातमा छैन । हुनुपर्ने के थियो भन्ने त धेरै छ । फुटबलको वार्षिक साइकल (वार्षिक क्यालेन्डर) के हुनु पथ्र्यो ? सिक्न नै सकेका छैनौं । फुटबलमा के हुनुपर्ने थियो, के भइरहेको छ ? एउटै कुरा दोहो¥याउँदा मज्जा पनि आउँदैन ।’ वार्षिक क्यालेन्डर बनाएर चल्न नसकेको कुरा विगतबाटै चलिरहेको उनी सुनाउँछन् । उनका अनुसार फुटबललाई कस्तो बनाउने भन्ने जिम्मा फुटबल निकायको हुन्छ । त्यसका न त खेलाडीको हात हुन्छ न प्रशिक्षक वा क्लबको नै । प्रशिक्षक, क्लब वा खेलाडीले आवाज उठाएरमात्रै नहुने उनी देख्छन् । अहिले धमाधम मोफसलको खेल हुँदै गर्दा खेलाडीलाई भ्याइ–नभ्याइ छ । उसो त, जति फुटबल दर्शक बढ्नुपर्ने हो त्यति बढिरहेको छैन ।
‘दर्शक कम हुनु भनेको दर्शकको गल्ति होइन, हाम्रो नै गल्ति हो । दर्शकले त समयअनुसार जुन लेभलको बानी परेको छ,त्यही लेभलको क्वालिटीको गेम दिनुपर्छ । विगतमा भन्दा हाम्रो झन हाम्रो नेपालको खेलाडी, क्लबको खेलस्तर खस्कँदो छ । स्वाद परिसकेको छ क्वालिटीको खेल हेर्ने,’ उनले भने, ‘हामीले क्वालिटी दिन नसकेको हो कि भन्ने एउटा पक्ष छ । अर्को मैले देखेको आहा रारामा दर्शकको कमी छैन । पहिलो यो स्टेडियम नबन्दा क्यापासिटी नै एकदम टन्न देखिने । त्यो चार÷पाँच हजार दर्शकमात्रै हुन्थे । अहिले १०–१५ हजार क्यापासिटीको छ । त्यसले गर्दा खाली देखिएको हो कि भन्ने लाग्छ ।’
उनका अनुसार खेलको स्तर बढाए पोखरामा रहेको वातावरण र हामीले पाएका छैनौं । चेतनारायण श्रेष्ठका अनुसार नेपाली राष्ट्रिय टोलीमै पनि अहिले समस्या छ । जुन रुपमा खेलाडीले सेवा सुविधा पाउनुपर्ने त्यो पाएका छैनन् । ‘खेलाडीलाई जतिसक्दो सुविधा दिनुपर्छ जस्तो मलाइ लाग्छ अहिले राष्ट्रिय टोलीमै पनि समस्या आइरहेको जस्तो मलाइ लाग्छ, ’ उनले भने, ‘बाहिर धेरै तरिकाको सुविधा हुन्छ हाम्रा युवा खेलाडीहरु सबै विदेसिएका छन् । ए डिभिजन लिग नै भएको छैन । त्यसले गर्दा पनि फुटबलको क्रेज घटेको हो ।’
आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमीफाइनलमा
पोखरा – चर्च ब्वाइज युनाइटेड क्लब २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित फुटबल स्टेडियममा सोमबार भएको खेलमा आर्मीलाई १–० गोलले हराउँदै चर्च ब्वाइज सेमीफाइनलमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको क्वाटरफाइनल खेलको अन्तिम समयमा परिवर्तित खेलाडी राज भुषालको गोल निर्णायक बन्यो । चर्च ब्वाइजले आर्मी माथि सुरुवात बाटै दबाब सिर्जना गरेको थियो । खेलको ८ औं मिनेटमा मिलन राइको सापमा एब्योमि फाकुन्लेको प्रहार थोरैले बाहिरियो । २३ औं मिनेटमा नविन लामाको फ्रिकीकमा मिलनले हेडर गरेको बल बाहिरियो । आर्मीका कप्तान जिलेप्सीजंग कार्कीको पासमा निराजनले गरेको हेडमा चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्रसिंह थापा बाधा बने। २६ औं मिेनटमा नविनको उत्कृष्ट फ्रिकीकलाई आर्मीका गोलरक्षक विकेश कुथुले बचाए । २९ औं मिनेटमा आर्मीका दिनेश हेम्जनको फ्रिकीकमा निराजन धामीले हेड गरेको बलले बाहिरियो । लगत्तै पुनः कार्कीको पासमा निराजनको प्रहार क्रसबार भन्दा माथिबाट बाहिरियो । ७५ औं मिनेटमा चचै ब्वाइजका लागि इस्रेल डोकुको पासमा रोहन कार्कीले गरेको गोल अफसाइड रह्यो । ९० औं मिनेटमा गौरव श्रेष्ठको कर्नर बललाई परिवर्तित खेलाडी राज भुषालले गोल गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->