आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आहा रारा गोल्डकपमा इतिहास दोहोर्याउने पुलिसको हुटहुटी

आहा रारा गोल्डकपमा इतिहास दोहोर्याउने पुलिसको हुटहुटी


  • विजय नेपाली
  • फाल्गुन १ २०८१, बिहिबार

पोखरा/नेपाली फुटबल इतिहासमा सहारा क्लब पोखराले आयोजना गर्दै आइरहेको आहा रारा पोखरा गोल्डकपले एउटा इतिहास पार गरेको छ । नेपाली फुटबलको विरासत जोगउन विगतदेखी वर्तमानसम्म आइपुग्दा कैंयन कहानी बनाइसकेको आहा रारा गोल्डकपले बुधबार २५० औं खेल पुरा गर्दै मोफसलमा इतिहास बनायो । खेलकुदमा अर्धशतक, शतक अर्थात ५०, १०० लाई विशेष रुपमा हेरिन्छ । नेपाली खेलकुदको मेरुदण्डको रुपमा तीन विभागीय क्लब छन् । जसले खेलकुदको विरासतलाई जोगाउँदै आइरहेको छन् र खेलाडी विकास संगै देशमै टिकाइराखेका छन् । यद्यपि, पछिल्ला दिनमा विभागकै खेलाडीहरु समेत विदेशिने अवस्था आउन थालेको छ । अहिले नेपाली फुटबल निकै खस्किएको छ । फुटबलको मेरुदण्डनै भाँचिएको छ । मेरुदण्ड भाचिएसँगै फुटबल अपाङ्ग हुँदै गर्दा मोफसलको आहा रारा गोल्डकपले भने नयाँ उर्जा थपेको छ । क्याराभान होस् या पहिलो आहा रारा पोखरामा सर्वाधिक सफल क्लबमध्येको एक क्लबको रुपमा आफूलाई उभ्याउदै आइरहेको छ –नेपाल पुलिस क्लबले । नेपाल पुलिस क्लब आहा रारा गोल्डकपको इतिहासमा दर्ज भइसकेको छ । उसो त, पुलिस क्लबलाई पोखरामा भाग्यमानी क्लबको रुपमा पनि लिइन्छ । सहाराको २५० औं ऐतिहासिक खेलको जितमा आफ्नो नाम लेखायो । पुलिसले बुधबार चर्च ब्वाइज क्लबलाई १–० ले हराउँदै एउटा इतिहास बनाएको हो । यहाँ पनि पुलिस भाग्यमानी नै ठहरियो । पुलिसको जितमा खेलको ५८ औं मिनेटमा संन्जिब लामाले लगभग ३५ यार्डबाट हाफ भली प्रहार गरेको बल सिधै गोलपोष्टमा छिरेको थियो । पुलिसले हानेको थ्रोबललाई चर्चका राज भुसालले क्लियर गर्दा लामाको खुटमा बल पुगेको थियो । सोही बललाई उनले सिधै गोलपोष्टमा प्रहार गरेको हुन् । खेलको १५ औं मिनेटमा राम वाजीको पासमा विवेक पाण्डेको प्रहारलाई गोलरक्षकले बचाए । ४६ औं मिनेटमा चर्चब्वाइजका समिर तामाङको प्रहारमा गोलरक्षक शत्रुधन चौधरी बाधक बने । ७० औं मिनेटमा डिकाको प्रहारलाई शत्रुधनले बचाउ गर्दा रिबाउन्ड बलमा अनमार्क रहेका फाकुनेले प्रहार गर्न नसक्दा बराबरी गर्नबाट चुक्यो । ७६ औं मिनेटमा पुलिसका शिशिर चौधरीको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ८४ औं मिनेटमा नविन लामाको प्रहारलाई गोलरक्षक शत्रुधनले बचाए । चर्च ब्वाइज विरुद्धको खेलमा पुलिसका सुजन मगर र आशिष राई नहुनु पुलिसका लागि चुनौती थियो । यु२० को राष्ट्रिय टिममा ती दुई खेलाडीलाई बोलाएपछि पुलिसको मिडफिल्ड र स्ट्राइक लाइन कमजोर थियो तथापि पुलिसको लागि संजिवको प्रहारले जालि चुम्नु भाग्यमानी ठहरियो । यो खेलसँगै पुलिसका लागि थप इतिहास बन्ने अवसर बन्यो । पुलिसको ५० औं र आहा राराको २५० औं खेलमा जित । क्याराभान बाहेक आहा रारामा ५ पटकको विजेता टिम हो,पुलिस । आहा रारामा सर्वाधिक सफल टिम भने मनाङ मस्र्याङदी क्लब हो जसले ८ पटक उपाधि चुम्दै इतिहास बनाएको छ । पुलिस भने मनाङको पछि छ । पुलिस सातौं पटक (क्याराभानसहित) च्याम्पियन बन्दै दुरी घटाउन चाहान्छ । तर, क्याराभान र पहिलो संस्करणको आहा रारा गोल्डकप जित्नु अहिले इतिहास बनेको छ । २०५८ सालमा भएको क्याराभानमा उपाधि चुमेको पुलिसले ०५९ सालको पहिलो आहा रारा गोल्डकप जितेको थियो । त्यसपछि ०६४, ०६५, ०६६ र ०७४ मा उपाधि चुमेको थियो । चेतन घिमिरेले पुलिसका लागि खेल जसरी पनि जित्नै पर्ने दबाब रहेको सुनाए । एक खेलमा दुई इतिहास बनाउँदा अब सातौं पटकको च्याम्पियन बन्न चाहन्छ, पुलिस । पुलिसका प्रशिक्षक चेतन घिमिरेले चर्चब्वाइज विरुद्धको खेल निकै महत्वपूर्ण खेल रहेको सुनाए । पुलिसको ५० औं र गोल्डकपको २५० औं खेल भएकाले पनि यो महत्वपूर्ण रहेको उनी सुनाउछन् । ‘आजको खेल हाम्रो लागि नै महत्वपूर्ण थियो । एक त फाइनल पुग्नकै लागि हो । त्यहाँमाथि हाम्रो ५० औं खेल, यहाँको २५० औं खेल आजको खेल जित्नै पर्ने दबाब थियो । त्यहि अनुसारको खेलाडीलाई ब्रिफिङ गरेका थियौं र सोही अनुसार खेलाडीले मिहिनेत पनि गरे,’ उनले भने, ‘ऐतिहासिक खेल जित्दा खुसी त लाग्छ नै । यो दिननै फरक रह्यो । यो इतिहास बनाउँदा पछिको पुस्ताले पनि थाहा पाउँछन् कि पुलिसले इतिहास बनाएको छ । अब एउटा इतिहास बनाउन बाँकी छ त्यो हो सातौँं पटक च्याम्पियन बन्ने त्यसका लागि हामीलाई दुई दिनको रेष्ट छ ।’ चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले २५० औं खेल पुरा गरेकोमा सहारा क्लबलाई बधाइ दिँदै आफूहरु त्यो इतिहास जित्नबाट पछि परेको सुनाए । ‘२५० औं खेल सम्पन्न गरेकोमा बधाइ छ सहारा क्लबलाई । हाम्रो दुर्भाग्य भयो पुलिसले आज खटेर खेल्दा यो खेल जित्यो,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->