आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ठकुरी समाजले जित्यो प्रथम सिधिङ कप भलिबलको उपाधि

ठकुरी समाजले जित्यो प्रथम सिधिङ कप भलिबलको उपाधि


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०८१, बुधबार

हेमजा/किम्चेलाई ३–१ ले पराजित गर्दै ठकुरी समाजले प्रथम सिधिङ कप भलिबल प्रतियोगिता–२०८१ को उपाधि हात पारेको छ । पहिलो र अन्तिम २ सेट जित्दै उपाधि आफ्नो कोल्टोमा पार्न सफल भएका हो । किम्चे माथि ९२५–१७,२३–२५,२५–१८,२८–२६० ले जित्दै उपाधि सँगै नगद रु ८५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो ।
घान्द्रुकको किम्चेले उपविजेतामा चित्त बुझाउँदै नगद ५० हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । गल्र्यङले घलेललाई पराजित गर्दै तृतीय स्थानका साथ नगद ३० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र ग¥यो । घलेले सान्त्वना पुरस्कार स्वरूप नगद २०, हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र ग¥यो । विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडी विवेक ठकुरी, वेस्ट स्पाई कर समीर वि।क, वेस्ट सेटर अशोक ठकुरीले र वेस्ट मिडिल व्लकर विश्वास ठकुरीले प्राप्त गर्न सफल भए ।
भेट्रान्स खेल तर्फको फाइनलमा उत्तम समूहले तक्क्रोलाई पराजित गर्दै प्रथम स्थान हात पा¥यो । तक्रोले द्धितिय स्थानमा सिमित रहयो । भेट्रान्स प्रथमले नगद ३० हजार र द्धितियले नगद २० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
सिधिङ युनाइटेड यूथ क्लबको आयोजनामा माघ ३० गते देखि जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सिधिङ खेलकुद मैदानमा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->