पोखरा/गण्डकी प्रदेशकी तेक्वान्दो खेलाडी सुस्मीता थापा मगरले चार महिनाको प्रशिक्षणमै प्रो मुआथाईको उपाधि उचालेकी छन् । काठमाडौंमा हालै सम्पन्न सिजिजि फाइट नाइटको मेन इभेन्टमा विभागिय क्लब एपिएफकी प्रो फाइट अनिषा तामाङलाई हराउँदै च्याम्पियन बनेकी हुन् ।
२० वर्षिय शुष्मिताले यो संगै दुई फाइटमा ब्याक टु ब्याक च्याम्पियन भएकी छन् । आइटिएफ तेक्वान्दोकी राष्ट्रिय खेलाडी शुष्मिताले केवल ४ महिनाको मुआथाई प्रशिक्षणमा यो फाइट जित्न सफल भएको उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीले बताए । प्रशिक्षक क्षेत्रीले पोखरामा सञ्चालन गरेको साक यान मुआथाई प्रशिक्षण केन्द्रमा प्रशिक्षणरत रहेकी छन् ।
आइटिएफ तेक्वान्दोकी राष्ट्रिय खेलाडी शुष्मिताले लगातार तीन राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दै रेकर्ड बनाएकी छन् । उनले ७औं, ८औं र ९औंमा आइटिएफ तेक्वान्दोमा स्वर्ण पदक जितेकी छन् ।





