आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा चौंथो संस्करणको लखन कप भलिबल सुरु

बागलुङमा चौंथो संस्करणको लखन कप भलिबल सुरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०८१, मंगलबार

बागलुङ/नेपाल मगर संघको आयोजनामा सोमबारदेखि बागलुङमा चौंथो लखन कपअन्तर्गत पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका सल्लाहकार चन्द्रबहादुर थापाले उद्घाटन गरे ।
उद्घाटन खेलमा एलके भिलेज लेखानीले खेलकुद विकास समिति रायडाँडालाई २–१ सेटले पराजित गरेको छ । पहिलो सेट गुमाएको लेखानीले उत्कृष्ट पुनरागमन गर्दै जीत निकालेको हो । पहिलो सेट २५–१६ ले खेलकुद विकास समिति रायडाँडालाई सुम्पिएको लेखानीले दोस्रो सेट २५–१९ र तेस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पा¥यो । निर्णायक सेटमा रायडाँडा १९–१४ ले अगाडि रहेको अवस्थालाई उल्ट्याउँदै लेखानीले जित आफ्नो पक्षमा पारेको हो ।
सोमबारनै भएको अर्को खेलमा बागलुङ नगरपालिका ८ सिगानाले नेपाल मगर विद्यार्थी संघ धवलागिरि बहुमुखी क्याम्पस इकाई समितिलाई सोझो सेटमा पराजित ग¥यो । सिगानाले २५–१७ र २५–२३ को जित हात पारेको हो । फागुन १४ गतेसम्म चल्ने प्रतियोगितामा १६ समुहले भाग लिएको खेलकुद संयोजक किशोर थापाले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत मंगलबार बागलुङ नगरपालिका ९ तित्याङविरुद्व काठेखोला गाउँपालिका ७ रेश, भिमपोखरा खेलकुद विकास समितिविरुद्व हर्राचौर, जैमिनी नगरपालिका ३ विरुद्व काठेखोला गाउँपालिका १ पाला, खुशी डेण्टल होमविरुद्व बिहानी युवा क्लब गौश्वरा र एलके भिलेजविरुद्व रायडाँडा खेलकुद विकास समितिबीच खेल हुनेछ । लखन कपमा खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगिता पनि हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->