आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एकदिवसीय क्रिकेट : तनहुसँग हारेपछि स्याङजा बाहिरियो

एकदिवसीय क्रिकेट : तनहुसँग हारेपछि स्याङजा बाहिरियो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०८१, मंगलबार
Cricket ball resting on a cricket bat on green grass of cricket pitch

पोखरा/सन्दीप पराजुलीको कसिलो बलिङ र ओपनर समीर कँडेलको उत्कृष्ट व्याटिङ प्रेरित तनहुँले स्याङजालाई ८ विकेटले पराजित गरेको छ । हारसँगै प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितबाट स्याङजा बाहिरिएको छ । अघिल्लो दिन बाग्लुङलाई पराजित गर्दै फाईनल सम्भावना रहेपनि हारसँगै बाहिरिन पुग्यो ।
टस जितेर व्याटिङ गरेको स्याङजाले निकै कमजोर शुरुवात गर्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा ओपनर करन पँगेनी र ईश्वर क्षत्री सस्तैमा आउट भए । तेस्रो नम्बरमा आएका सौजन्य रेग्मीले १०२ बल खेल्दै ४३ रन बनाउँदै केही आशा जगाए । तर उनको पतनसँगै स्याङजा फेरी कमजोरी देखियो । छैटौं नम्बरमा आएका सुजन गौतमले ८८ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ८२ रनको इनिङ खेल्दै स्याङजाको इज्जत जोगाए । त्यपछि मिलन क्षत्रीले २१ रनको योगदान दिएपछि ५० ओभरमा सबै विकेट गुमाउँदै २०१ रनको सम्मानजनक स्कोर तयार पार्यो ।
तनहुँका लागि सन्दीप पराजुलीले १० ओभरमा तीन मेडन राखे । ३९ रन खर्चिएर ४ विकेट लिए । त्यपछि चन्द्रकान्त पौडेलले १० ओभरको स्पेलमा एक मेडनसहित ४१ रन दिएर ३ विकेट लिए ।
२०२ रनको लक्ष्य पछ्याएको तनहुँले भने ४६ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्दै फाईनल प्रवेश गर्यो । ओपनर समीर कँडेलले उत्कृष्ट व्याटिङको नमूना पेश गरे । उनले १३० बल खेल्दै ७ चौका र १ छक्का प्रहार गर्दै ८७ रनको योगदान दिए । अर्का ओपनर दिपेश अधिकारीले पनि ६८ बल खेल्दै ४४ रनमा आउट भए । उनको स्कोर कार्डमा पनि ६ चौका र १ छक्का लेखियो । कृश ऐरले ३५ र भन्स क्षत्रीले अविजित २६ रन बनाएपछि तनहुँले जितको लक्ष्य पूरा गर्यो । समीर प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->