आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लखन कप भलिबलमा पहिलो चरणका खेल सकिए

लखन कप भलिबलमा पहिलो चरणका खेल सकिए


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०८१, बुधबार

बागलुङ/नेपाल मगर संघ बागलुङको आयोजनामा संचालित चौथो लखन कप भलिबल प्रतियोगितामा पुरुष तर्फको पहिलो चरणका खेल सकिएका छन् ।
नेपाल मगर संघको ४३ औ स्थापना दिवसको अवसरमा आयोजना संचालन भएको चौथो लखन विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगतको वडास्तरीय पुरुष भलिवलको पहिलो चरणको खेल सकिएका हुन् ।
सोमवारदेखि शुरु भएको प्रतियोगिता अन्तरगत मंगलबार भएको खेलमा हर्राचौर भलिवललाई पराजित गर्दै भिमापोखरा खेलकुद बिकास समिति, बिहानी युवा क्लव गौश्वारालाई पराजित गर्दै खुसी डेन्टल होम, जैमिनी नगरपालिका ३ लाई पराजित गर्दै काँठेखोला १, रायडाँडालाई पराजित गर्दै एलके भिलेज, काँठेखोला ७ लाई पराजित गर्दै नर्जाखानी तमान र तित्याङलाई पराजित गर्दै अनुष्का एण्ड स्मित होटल दोस्रो चरणमा प्रवेश गरेकोे खेलकुद संयोजक किशोर थापाले जानकारी दिए ।
४३ औं मगर दिवसको अवसरमा चौथो लखन कप वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगिता, महिला÷ पुरुष लठो तान्ने प्रतियोगिता, महिला÷पुरुष छेलो फाल्ने प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष श्यामबहादुर पुनले बताए ।
भलिबल खेल फागुन १४ गतेसम्म सम्पन्न गर्ने र फागुन १५ गते मगर दिवसको सन्दर्भमा बागलुङमा बजारमा मगर भेषभुषा र संस्कार संस्कृति सहितको बृहत ¥यालीले बजार परिक्रमा गरी कालिका बाल उद्यानमा पुगेर मूल समारोहमा परिणत हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->