आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लखन कप भलिबलको उपाधि नरेठाँटीलाई

लखन कप भलिबलको उपाधि नरेठाँटीलाई


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०८१, शुक्रबार
तस्बिर : हरि कार्की

बागलुङ/चौथो लखन कप भलिबलको उपाधि ए एण्ड ए मार्ट नरेठाँटी गलकोटले जितेको छ । मगर एकता दिवसको दिन बिहिबार सम्पन्न फाइनल खेलमा पकुवा भलिबल कुश्मा पर्वतलाई सोझो सेटमा पराजित गर्दै ए एण्ड ए नरेठाँटी गलकोटले उपाधि जितेको हो ।
पहिलो सेट २५–२२ ले जितेपनि दोस्रो सेटमा पकुवा भलिबल कुश्मालाई पराजित गर्न नरेठाँटीले निकै संघर्ष गर्नुप¥यो । दोस्रो सेट २६–२४ ले जितेको नरेठाँटीलाई तेस्रो सेटको खेलमा भने रेफ्रीको निर्णय विवास्पद बन्दा फाइदा पुग्यो । तेस्रो सेटमा रेफ्रीको निर्णयप्रति असहमति जनाउँदै पकुवाले २१–१९ को स्थितीमा वाकओभर दिएपछि नरेठाँटीले लखन कपको उपाधि पक्का गरेको हो ।
विजेता नरेठाँटीले नगद ८१ हजार १ सय ८१ रुपियाँ र द्वितिय पकुवा भलिबल कुश्माले नगद ४१ हजार १ सय ४१ रुपियाँ पुरस्कार, लखन कप र मेडल प्राप्त गरेका छन् । प्रतियोगितामा १६ टिमले भाग लिएका थिए । विगत चार वर्षदेखि नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले लखन कप गर्दै आएको छ । प्रतियोगिताका लागि ४ लाख रुपियाँ खर्च भएको आयोजकले जनाएको छ ।
यस्तै, दिवसकै अवसरमा आयोजित पुरुष छेलोतर्फ दुजिक थापा प्रथम र बलबहादुर आलेले दोस्रो स्थान प्राप्त गरे । प्रथम हुने थापाले ८ हजार र द्वितिय हुने आलेले ४ हजार रुपियाँ प्राप्त गरे । महिलातर्फ प्रथम हुने भीममाया पुनले ५ हजार र द्वितिय हुने विष्णु पुनले २ हजार ५ सय रुपियाँ प्राप्त गरेका छन् ।
यस्तै, पुरुष रस्साकस्सीतर्फ प्रथम हुने बागलुङ कालिका युवा क्लबले ५ हजार र द्वितिय स्थान हासिल गरेको कुलबहादुर रानाको समूहले ३ हजार रुपियाँ प्राप्त गरेको छ । महिला रस्साकस्सीतर्फ प्रथम हुने विष्णु पुनको समूहले ४ हजार र द्वितिय स्थान हासिल गरेको बडिगाड गाउँपालिकाको समूहले २ हजार रुपियाँ प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->