पोखरा/माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिका बागलुङले हाता पारेको छ । अघिल्लो वर्ष उपविजेता गलकोटले विजेता बनेसँगै नगद २ लाख ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।
प्रतियोगितामा शुक्ला गण्डकी नगरपालिका तनहुँ उपविजेतामा नै चित्त वुझायो । शुक्ला गण्डकीले नगद १ लाख ट्रफी र मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । फाइनल खेलमा गलकोट नगरपालिका बागलुङले शुक्ला गण्डकी नगरपालिका तनहुँलाई २५–२०, २५–१२, १६–२५ र २५–२० ले पराजित गरेको हो ।
सेमिफाइनल उपविजेता निसिखोला गापा र बौदीकाली गापालाई नगद रु ५०÷५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
पुरुषतर्फ गलकोटका रेशम छन्त्याल उत्कृष्ट खेलाडी, शुक्ला गण्डकीका विष्णु क्षेत्री उत्कृष्ट स्पाइकर, अनिस कुमाल मिडल ब्लकर, क्रिस मल्ल ठकुरी उत्कृष्ट डिफेन्डर, गलकोटका मिन सुनार उत्कृष्ट सेटर, चिरन खड्का उत्कृष्ट सर्भर र सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक प्रदान गरिएको थियो ।
त्यसैगरी महिला तर्फको उपाधि शान्ता भलिबल ट्रेनिङ सेन्टर पोखरा प्रथम भएको छ । विजेता शान्ता भलिवल ट्रेनिङ सेन्टरले नगद १ लाख ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । त्यसैगरी बाग्लुङ नगरपालिका बाग्लुङ द्वितीय भई नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
सेमीफाइनलनमा उपविजेता वनेका माछापुच्छ«े गाउँपालिका ‘ए’ र ‘वि’ नगद २५÷२५ हजार प्राप्त गरे ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, उपाध्यक्ष सिता अधिकारी प्रमुख प्रशाशकिय अधिकृत गोपिकृष्ण अर्याललगायतले पुरस्कार वितरण गरेका थिए ।





