आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एक दिवसीय क्रिकेटमा कास्की र तनहुँ फाइनलमा

एक दिवसीय क्रिकेटमा कास्की र तनहुँ फाइनलमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०८१, शनिबार
Cricket ball resting on a cricket bat on green grass of cricket pitch

पोखरा/प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा सञ्चालित प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा कास्की विजयी भएको छ । कास्कीले नवलपुरलाई ९ विकेटले पराजित गरेको छ । शनिबार सम्पन्न भएको खेलमा नवलपुरले दिएको ९९ रनको लक्ष्यलाई कास्कीले एक विकेटको क्षतिमा १९.१ ओभरमा पुरा गरेको हो ।
५० ओभरको खेल ४० ओभरमा झारिएको थियो । ४० ओभरमा टस जितेर नवलपुरले व्याटिङ रोज्यो । ओसिलो पीचमा नवलपुरले केवल ९८ रन मात्रै बनायो । २१.४ ओभर मात्रै खेलेको नवलपुरले प्रमेश अर्यालले १७ रन बनाए । आर्या महतोले ११, आयुष सुवेदीले १४ र कमल परियार भने १५ रनमा अविजित रहे ।
कास्कीका सुवास भण्डारीले ४.४ ओभरमा १ मेडन राख्दै २६ रन खर्चिएर ५ विकेट लिए । विपिन खत्री र नितेश गिरीले समान दुई दुई विकेट लिए ।
९९ रनको लक्ष्य पछ्याएको कास्कीले अर्जुन कुमाल र मुस्कान थापाको ओपनिङमा सहज जित निकाल्यो । कुमाल नटआउट ४७ रनमा बनाउने क्रममा ८ चौका प्रहार गरे । थापा भने ३५ रनमा आउट हुदाँ स्कोर कार्डमा ५ चौका लेखिएको थियो । रोहित चन्द ९ रनमा अविजित रहे । आइतबार फाईनल हुने छ । फाइनलमा कास्की र तनहुँ खेल्ने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->