आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जेसीज कपको ट्रफी सार्वजनिक

जेसीज कपको ट्रफी सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०८१, आइतबार

बागलुङ/तेस्रो बागलुङ जेसीज कपको ट्रफी सार्वजनिक गरिएको छ । साथै खेलको शुभारम्भ समेत गरिएको छ । आइतबार आयोजित एक कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले ट्रफी अनावरण गरेर खेलको उद्घाटन गरे ।
सो अवसरमा बोल्दै उनले युवाहरुको क्षमता विकास गर्दै जेसीज अभियानलाई राष्ट्रिय रुपमा फैलाउन यो खेल प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सुवेदीले रेफ्री टोलीलाई फुटबल हस्तान्तरण समेत गरेका थिए ।
खेल भने सोमबारदेखि शुरु हुने आयोजकले जानकारी दिए । जेसीज वर्ष २०२५ को बागलुङ शाखाले सोमबारदेखि शुरु गर्ने खेल फागुन २४ गतेसम्म बांगेचउर खेल मैदानमा संचालन हुने शाखा अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिए ।
खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । द्वितिय हुनेलाई १ लाख नगद पुरस्कार, मेडल र प्रमाणपत्र दिइने छ । त्यस्तै खेलमा बिधागत उत्कृष्ट हुने खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको हो । आयोजकका अनुसार सेमीफाइनल पुग्ने टिमलाई १५ हजार नगद पुरस्कार दिइने छ । त्यसबाहेक फियर प्ले टिमलाई ५ हजार, उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिड फिल्डरलाई ५ हजार, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षकलाई ३ हजार र म्यान अफ दि म्याचलाई १ हजार नगद पुरस्कार दिइने छ । खेलमा ११ टिम सहभागि छन् । सोमबारको पहिलो खेल बलेवा फुटबल क्लब र हाइकर्स युनाइटेडबीच हुने छ ।
कार्यक्रममा बागलुङ नगरपालिका २ का अध्यक्ष सुरज बोसेल, जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सौरभ श्रेष्ठ, उपाध्यक्ष अभिषेक दुलाल, जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल, लिडर्स अध्यक्ष ऋषिराम गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रम जेसीज अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठको अध्यक्षता, महासचिव सुलभ खड्काको संचालन र पूर्व अध्यक्ष गणेश महतोको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->